वार्षिक पुन्यतिथिको अबसरमा आर्थिक सहयोग

0
283

तारापुर । प्रवासि मंच चेहेमिका सदस्य थुम बहादुर कुँवरले आफ्नो परिवारलाई खुसी, बच्चाहरुलाई पढाइ लेखाइ बनाएर खुसी बनाउने यस्तै यस्तै सपना बोकेर रोजगारीको लागी दुबई पुगेका थिए । तर विडम्बना थुम कुँवरको परिवारलाई यो भन्दा चोट अरु के हुन सक्छ ? आज भन्दा ठिक एक बर्ष पहिला दुबईमा काम गर्दागर्दै अचानक ब्लड प्रेसरले असायमिक निधन भएको थियो ।

समय आफ्नै गतिमा निरन्तर अगाडि बढिरहन्छ, यो घटना भएको पनि एक बर्ष बितिसकेको छ । एक वर्ष पहिला श्रद्धाञ्जली कार्यक्रममा प्रवासी मञ्चका सक्रिय प्रतिनिधी लक्षुमन कुँवरको प्रत्यक्ष उपस्तिथिमा मञ्चको तर्फदेखि आर्थिक सहयोग गर्ने आश्वासन दिएको थियो ।

सोही मन्तव्यलाई कार्यान्वयन गर्ने सन्दर्भमा यहि वार्षिक पुन्यतिथिको अबसरमा मृतक थुम कुँवरका एक छोरी र एक छोराको पठनपाठनको लागी प्रवासी मञ्चका लिला कुँवर पहलमा STAR SPORTS सौदी अरबबाट १५००० ( पन्ध्र हजार) र प्रवासी मञ्च चेहेमीका पदाधिकारीहरुको पहलमा जम्मा जम्मी रु ५००००र (पचास हजार) प्रवासी मञ्चका प्रतिनिधी खडक राना, नन्द तरामु र समाजसेवी मित्रलाल तरामु, ओमेन्द्र कुँवर लगायत आम जनमानसको उपस्तिथिमा थुम कुंवरका परिवार छोराछोरीलाई हस्तान्तरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here