अनावश्यक गहना प्रदर्शन, टडकभडक  एवम भड्किलो जीवनशैली नारीको सम्मान होईन अपमान गरेको छ

1
117
  • सविना शर्मा पौडेल (काठमाडौं)

महिलाहले पुरुषसरह अधिकार र स्वतन्त्रताको अनुभुति गर्न पाउनु पर्छ। महिलाहरू सामाजको पुरानो चिन्तन र संस्कृतीबाट अलि कति माथी उठेर प्रशासनिक र राजनैतिक नेतृत्वमा पुग्नको लागि बिचार र चेतनालाई माथी उठाउँदै संगठित प्रकारले अगाडी बढ्नु पर्छ । महिलाहरुलाई सीप मुलक तालिमा दिएमा वा शिक्षित हुने अवसर पाएमा आत्म निर्भर र रोजगार हुने बाताबरण पाउन सक्छन् ।

एकातिर शारीरिक बनावट, रोग संक्रमणको दर, स्वास्थ स्थित, प्रजनन विशेषता र घरायासी जिम्मेवारी आदि समस्याले महिलाहरु स्वतन्त्रतापूर्वक, सुरक्षितरुपमा र रोजगार, व्यवसाय गर्नबाट बन्चित हुन परेको छ । भने अर्कोतिर बाध्यात्मक अवस्थामा कयौं महिला परिवार चलाउन, जिविका धान्न र चिसो चुलो बाल्नको लागी अदक्ष कामदारको रुपमा बिदेशको श्रम शोषण, घरेलु कामदार बन्न बाध्य छन् त्यस प्रकारका समस्यालाई समाधान गर्न सरकारले स्वदेशमै महिलालाई उचित रोजगारीको ब्यबस्था गर्न  जरुरी छ । तर सरकारले त्यसतर्फ ध्यान दिन  सकेको छैन । यो समस्या झन ठुलो राष्ट्रिय समस्या बन्दै गएको छ ।

छोरी भएर जन्मनै नपाउने परम्परागत दृृष्टिकोण, पुरुषप्रदान सोंचका कारण भुर्ण हत्या हुने तथा महिलाको स्वास्थ नै धरापमा पर्ने गम्भीर स्थिति छ। समाजमा व्याप्तघ घरेलु हिँसा, लैङ्गिक हिंसा, भेदभाव, शोषण र बलात्कार जस्ता घटनाहरु बढीरहेका छन् । गलत सामाजिक दृृष्टिकोणका कारण महिलाले आफुलाई सुरक्षित अनुभुती गर्न सकेका छैनन्। निर्मला पन्त, भागिरती भट्टराई जस्ता प्रतिनिधि घटनाले महिलालाई सुरक्षित छौं भन्ने बाताबरण राज्यले दिन सकेको छैन।

अबला, असक्षम र कमजोर नारीहरुलाई प्रेरणा, आत्म संमान, जागरण र साहराको जरुरी छ। महिलालाई प्रयोगका साधन बनाउने, मात्र सन्तान उत्पादनका मेसिन सोच्ने र शारीरिक मनोरञ्जनको लागी मात्र हेर्ने चिन्तन र संस्कृत बोकेका घृणित मानसिकताको विरुद्धमा महिला सशक्तीकरणको जरुरी छ। महिलाले महिला लाई सम्मान र पुरुषले महिलालाई हेर्ने र बुझने दृष्टिकोण सकारात्मक हुन जरुरी छ। महिलाका भावना पुरुषले बुझ्ने, पुरुषका भवना महिलाले बुझ्न जरुरी छ। सामाजिक रुपमा माथी उठ्न, नेतृत्व बिकास गर्न, क्षमता वृद्धि गर्न, सोच र दृष्टिकोणको बिकास गर्न, जिविका चलाउने आधार निर्माण गर्न हरपल प्रेरणा र साथ सहयोग गर्न सिकाउने सामाजिक अभियानका साथीहरूलाई मेरो सम्मान छ।

प्रेरणा माया र कसैको सकारात्मक सिकाई र बुझाईले एउटा अवसर बाट बन्चित नारिलाई ठुलो सहयोग हुन सक्छ। अवसर हुन सक्छ। संघर्ष बाट खारिदै जादा महिलाहरुले संघर्षका कथा लेख्न सक्छन् र समाज सुधार र परिबर्तन गर्न सक्छन्। देशको नेतृत्व हाक्न सक्छ्न, बिकास र समृद्धिमा योगदान दिन सक्छन्। आधा आकाश ओगटेका नारिहरुले पनि पुरुष भन्दा थप जिम्मेवार भएर बिश्वलाई हल्लाउँदै मानव जिवनको उच्च विकास फड्को मार्न सक्छन्। ती इतिहास हाम्रो सामु छ्न।

विश्वलाई बुझ्ने र बदल्न हेक्का राक्ने जीवन दर्शन बारे ज्ञान् हुन र त्यसप्रकारको साहास हुनु महिलाको लागि धेरै ठूलो गर्भको कुरा हो। पुरुषले मात्र बुझेर न त देश बन्छ नत समाज राम्रो बन्छ त्यसकारण महिला र पुरुष दुबै जनाको बिषयबस्तु, समस्या र समाधान बारे बुज्ने दृष्टकोण समान भएमा आमूल परिबर्तन संभव छ। सर्वश्रेष्ठ समाज बन्न सक्छ।

वर्तमान समयमा देखिएको महिला अराजकता, अनावश्यक गहना प्रदर्शन, टडकभडक  एवम भड्किलो जीवनशैली जस्तो बिकृत संस्कृतिमा मात्र रमाउने खोज्ने नारी मानसिकताले महिलाको सम्मान होइन अपमान गरेको छ ।  त्यसले झन महिला महिलाको बिचमा ठूलो खाडल बन्दै जाने छ । त्यो आम महिलाको लागि खुशीको कुरा होइनन् त्यसैले यस्तो जन्जिरमा जेलिएर खुसी हुने वा पुरुषले दास बनाउने चिन्तनमा झुमेर यति लाखको गहना र साडी हो भनेर साथीहरू संग कसैले गर्भ भने त्यो महिलाको बिचमा महिलाले महिलालाई गर्ने अपमान बाहेक अरु हुन सक्दैन। यस्तो पद्धति र संस्कारले सामाजलाई अराजक बाहेक अरु बनाउन सक्दैन त्यस्कारण महिलाहरुले सामाजिक दृष्टिकोण बनाउन सक्नु र पुरानो चिन्तन, संस्कृति र शोषण दमनको विरुद्ध बोल्न सक्नु र आफ्नो जिविका आफै चलाएर बाच्न सक्नु नै महिलाको लागि महत्त्वपूर्ण सम्पत्ति हो। त्यस प्रकारको अभ्यास गर्न खोज्नु नै मेरो खास गहना र पहिचान हो। भन्ने कुरा महिलाले हेक्का राख्नु पर्छ।

अन्तमा महिलाले आफ्नो न्यायको लागि, अवाजको लागि सहि र गलत फैसला गर्नको निम्ति मताधिकारको अधिकार पाएको दिन अर्थात पुरुष सरह अधिकार र स्वतन्त्रता छ भन्ने नीति निमार्ण र अन्तर्राष्ट्रिय कानुन स्थापित भएको दिन मार्च ८ ले सम्पुर्ण महिलाका समस्या समाधान गर्न र अधिकार प्राप्तिको आन्दोलनको निम्ति थप प्रेरणा दिदै अगाडी बढने उर्जा मिलोस। १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको सबै सबै महिला दिदिबहिनी र आमाहरुलाई धेरै धेरै शुभकामना !!!

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here