अखिल (छैठौं) पृर्थ्थी नारायण क्याम्पसको भेला सम्पन्न

0
170

पोखरा । राष्ट्रिय जनमोर्चा निकट बिद्यार्थी सङ्गठन अखिल छैठौं इकाई समिति पृथ्वीनारायण क्याम्पस समितिको भेला इकाई अध्यक्ष इन्द्रमणी पाण्डेको अध्यक्षतामा तथा प्रदेश इन्चार्ज गणेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले बिद्यार्थी सङ्गठनहरू गलत बिचारको तथा क्रियाकलापहरूको पक्षपोषण गर्ने राजनीतिकप्रति बितृष्णा जगाउने लगायतका गतिविधिमा संलग्न हुन थालेकोमा चिन्ता ब्यक्त गरे । स्वबियु चुनाव नजिकिदै गइरहेको सन्दर्भमा बिद्यार्थीहरू सचेत भइ आफ्नो मताधिकार प्रयोग गर्न समेत उनले अनुरोध गरे ।

कार्यक्रमा प्रदेश अध्यक्ष अर्जुन शर्मा, जिल्ला अध्यक्ष दानु सारु, सचिब प्रताप पौडेल लगायतको उपस्थिति रहेको थियो । भेलाले सबिन क्षेत्रीको अध्यक्षतामा १५ सदस्यीय भेला आयोजक समिति गठन गरेको छ । जसको उपाध्यक्ष सचिब सहसचिव र कोषाध्यक्षमा क्रमशः दिपा थापा, लक्ष्मी प्रसाद शर्मा, प्रमिला बुढा, सृष्टि गुरुङ लगायत अन्य रहेका छन् । भेलाको स्वागत दिपा थापा र सञ्चालन लक्ष्मी प्रसाद शर्माले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here