रोटरीको तेस्रो क्लब एसेम्वली

0
243

माधव भाट क्षेत्री
मङ्सिर २३, कपिलवस्तु ।
स्वार्थ भन्दा माथी सेवा भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै बिश्वब्यापी सामाजिक क्रियाकलाप गर्दै आइरहेको अन्तर्राष्ट्रिय सामाजिक संस्था अन्तर्गतको रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनले तेस्रो जनरल एसेम्ब्ली डिस्टिक नेपाल–भुटान ३२९२ जोन २० का असिस्टेन्ट गभर्नर रो. राजेन्द्र ढकालको प्रमुख आथित्यता साथै रोटरी क्लब अफ बुटवल डाउनटाउन को सर्भिस प्रोजेक्ट चियर रो. बिनोद गिरिको बिशिस्ट आथिथ्यतामा सम्पन्न भयको छ । कार्यक्रममा क्लबले गरेका गतिविधिहरु क्लवका अफिसरहरुले प्रस्तुत गर्नुभयको थियो ।

क्लव एड्मिस्ट्रेसन चियर रो. मोहन बेल्बासे, द रोटरि फाउन्डेसनको गिरिराज पौडेल, रोटरी इमेजको रो.माधव भाट क्षेत्री, सर्भिस प्रोजेक्ट चियर रो. डा.दिपेन्द्र चन्द, युथ सर्भिसको रो. नरेश पौडेल, मेम्बरसिप एक्स्टेन्सन चियर रो.कुलराज पौडेलले पछिल्लो गतिविधिहरु प्रस्तुत गर्नुभएको थियो ।

त्यस लगतै ए.जि.रो.राजेन्द्र ढकालले महत्वपूर्ण सुझाव दिनुभएको थियो । यस क्षेत्रमा रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनले विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आइरहेको छ । साथै बेलाबेलामा रोटरीयन र रोटरीयनका परिवारहरु बिच बिभिन्न खाले अन्तरकृया, भेटघाट, सामुहिक डिनर तथा फेलोसिप कार्यक्रम पनि गरिन्छ । यी कार्यहरुले एक आपसमा आत्मीयता झन बढ्ने र एक आपसमा पारिवारिक अनुभुति हुने बिश्वास गरिन्छ ।

रोटरीको सचिवालयमा सम्पन्न कार्यक्रममा क्लबका अफिसरहरु, रोटरीयनहरुको उपस्थितिमा भएको थियो । कार्यक्रम क्लबका प्रेसिडेन्ट रो.बासुदेव घिमिरेको अध्यक्षता, कुलराज पौडेलको स्वागत मन्तव्य, सचीव बिस्नु प्रसाद अर्यालको सञ्चालन, सचेतक शुष्मा खाणको विशेष कृयासिलतामा सम्पन्न कार्यक्रममा धन्यवाद मन्तव्य रो. लक्ष्मण अधिकारीले राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here