राष्ट्रिय निबन्ध लेखन प्रतियोगिता सम्पन्न

0
445
काठमाडौं । आधारशीला कलेजको साहित्य विभागको आयोजनामा १४औं काव्य श्रृखंला अन्तरगत राष्टिय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । श्रावण २६ गते नयाँ बजार, खुशीबुस्थित कलेजको सभाहलमा सम्पन्न सो निबन्ध लेखन प्रतियोगितामा नेपालटारस्थित नेपाल राष्ट्रिय मा.वि.कि विनिता रिमाल प्रथम भएकी छन् ।
           विद्यार्थीहरुमा साहित्य पठन तथा लेखनसम्बन्धी अभिरुचि जगाई उनीहरूको क्षमता अभिबृद्धिका लागि आयोजित सो प्रतियोगितामा गोरखा, तांग्रामस्थित संस्कृत मावि कि सुमिता लामिछाने दोश्रो, काभ्रे साँगास्थित नेपाल प्रहरी विद्यालयकि अस्मिता कार्की तेश्रो तथा नयाँ बजारस्थित अक्सोर्ड उच्च माविका निर्मल रेग्मी र धादिंग, मूलखर्कस्थित मण्डली माविकी युनीसा आलेमगरले सान्तन्वा पुरस्कार प्राप्त गरेका छन् । पुरस्कारस्वरुप प्रथम हुनेले रु. दस हजार, दोश्रो हुनेले रु.सात हजार, तेश्रो हुनेले रु.पाँच हजार तथा सान्तन्वा हुने दुई जनाले जनही रु.पन्ध्र सय तथा प्रमाणपत्र प्राप्त गरेका छन् । गोल प्रथाद्धारा वैदेशिक रोजगार र बौद्धिक पलायन विषय छनोट भएको सो प्रतियोगितामा काठमाडौं, धादिंग, काभ्रे, मकवानपुर, गोरखा, कास्कीमा ११ र १२ मा पढ्ने विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
             विष्णुहरि देवकोटाको संचालन, साहित्य विभागकी अध्यक्ष कौशीला रिसालको अध्यक्षता तथा कलेजका व्यवस्थापक रमेश पौडेलको स्वागत भाषणका साथ सो कार्यक्रम अगाडि बढेको थियो ।  प्रगतिशील लेखक संघका उपाध्यक्ष डा.पुस्कराज भट्ट, प्रा. तथा प्रलेसका के.स.छायादत्त न्यौपाने तथा साहित्यकार नरेन्द्रकुमार नगरकोटी निर्णायक मण्डल रहेको सो कार्यक्रमको प्रमुख अतिथि आधारशीला कलेजको क्याम्पस प्रमुख समिर सिंह हुनुहुन्थ्यो ।
        सोहि दिन नियमित १४ औं काव्य श्रृंखला अन्तरगत विभिन्न साहित्यिक प्रस्तुती समेत भएको थियो । सो अवसरमा विभिन्न साहित्यिक व्यक्तित्वहरुद्धारा विभिन्न विधाहरुमा केन्द्रित हुंदै आफ्नो प्रस्तुतीहरु वाचन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here