‘मन्त्रीज्यू पोके बजेट कहिले खुल्छ ?’

0
142

लालप्रसाद शर्मा

पोखरा । गण्डकी प्रदेशसभाको सोमबारको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाले जनताको अपेक्षा अनुुसार प्रदेश सरकारको अनुभूति हुनेगरी काम गर्न नसकेको बताएकी छन् । बजेट कार्यान्वयनको अवस्था दयनीय रहेको भन्दै उनले सुस्त गतिले समृद्धि हासिल हुन नसक्ने जिकिर गरिन ।

चालु आवको लागि विनियोजित पोके बजेट खोल्ने बेला भएको छैन मन्त्रीज्यू ?’ उनले सरकारका मन्त्रीसंग प्रश्न गरिन । नीति तथा कार्यक्रम पारित गर्दा मन्त्रीले बजेटमा सबै माननियको सहभागिता हुन्छ भनेको स्मरण गर्दै उनले ६ महिना बित्दा पनि काम सुरु नभएको बताईन । ‘बजेट कार्यान्वयन भएन । जनताको अपेक्षा प्रदेश सरकारको अनुभूति हुनेगरी अनुसार काम किन हुन सकेन’, उनले भनिन, ‘६ महिना बित्दा चालु बजेट १० र पूजीगत बजेट जम्मा २ प्रतिशतमात्र खर्च भएको छ ।’ यस्तो अवस्थाले सुस्त र मन्द गतिले समृद्धि हुननसक्ने भन्दै उनले यही चालाले राम्रो हुने संकेत नदेखिएको बताइन ।

सभामा सत्तापक्षका सांसदहरूले डा.गोविन्द केसीको विपक्ष र विपक्षी दलकाले समर्थनमा बोलेका थिए । साथै जीपी कोइराला श्वासप्रश्वास केन्द्र, दलित, ज्येष्ठ नगारिक, फेवाताल, पोखरा रंगशालालगायत विषयमा सांसदहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

कान्तिपुर दैनिकबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here