भारतका विभिन्न शहरहरुमा माओ दिवस सम्पन्न

0
229

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, उत्तर हैदराबाद नगर समितिको आयोजनामा सर्बहारा वर्गका नेता क. माओत्सेतुङको १२६औं जन्मजयन्ती मनाइएको छ ।
सुर्यबहादुर थापाको अध्यक्षता तथा लालबहादुर थापाको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा तेजेन्द्र प्रसाद शर्माले स्वागत गर्नुभएको थियो । कार्यक्रममा क्षेत्रीय कोषाध्याक्ष मनोहर पौडेलले अतिथिको रुपबाट मन्तव्य राख्नुभएको थियो । विश्व सर्बहारा बर्गको लागि तयार पारेका अनमोल खजानाहरु जसको अध्ययनबाट शोषित पीडित बर्गको मुक्तीका लागि दरबाजा खुला गर्न मदत गरेको कुराप्रति दुइमत नरहेको बताउनु भयो । त्यस्तै सम्बोधन गर्ने अन्य साथीहरूमा प्रशुराम शर्मा, देवि शार्मा, धनबहादुर थापा लगायतका साथीहरूले सम्बोधन गर्नु भएको थियो ।

जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तर एवं दक्षिणको संयुक्त आयोजनामा सर्वहारा वर्गका नेता माओत्सेतुङको १२६औं जयन्ती कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम ओम थापाको अध्यक्षता र नारायण ज्ञावलीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा ज्ञात अज्ञात सहिदहरुको सम्झनामा एक मिनेट मौनधारण पछि दीपक थापाले स्वागत मन्तव्य दिनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिहरु मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य नारायण शर्मा, मोहन गिरी, जयपुर नगरका संस्थापक छविलाल उपाध्याय, महिला क्षेत्रीय विभाग सदस्य दीपा थापा हुनुहुन्थ्यो ।

मूल प्रवाह अखिल भारत नेपाली समाज जयपुर उत्तरका उपाध्यक्ष मंगल सिंह खड़का, जौहरी बजार एरिया समितिबाट सिता बोहरा, बाईस गोदाम एरिया समितिबाट धनसिंह, हसनपुरा एरियाबाट गौरव थापा, कृष्ण खड्का लगायत हुनुहुन्थ्यो ।

कोट्टयाम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको आयोजनामा आज बिश्व कम्युनिस्ट आन्दोलन्का माक्र्सबादी लेनिनबादी महान नेता का. माओत्सेतुङ्गको १२६औं दिवसको अवसरमा आम सभा र हाँजिरिजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न पारेकोछ ।

उक्त कार्यक्रम लालचन्द्र शर्माको सञ्चालन र नस अध्यक्ष धर्मराज शर्माको अध्यक्षताबाट अगाडि बडेको कार्यक्रममा केसका सदस्य चोबनाथ शर्मा, क्षेसका सदस्य भद्रबहादुर थापाको आसन ग्रहण पश्चात ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारणबाट अगाडि बडेको कार्यक्रमलाई रक्तिम परिवार कोट्टयामले स्वागत गरेको थियो ।

उक्त माओत्सेतुङ्गको १२६ औं दिवसको अबसरमा नसका नारायण शर्मा विश्व बहादुर खड्का, लिला बहादुर केसी, टिकाराम सुवेदी, क्षेत्रीय समितिका भद्रबहादुर थापा, केका चोबनाथ शर्मा लगायतले माओत्सेतुङ्गको जिबनी हाजिरी जवाफ प्रतियोगितामा धेरै टोल एरिया र बाल बालिका बिभागले भाग लिएका थिय । जस्माः बडाबादुर एरिया समिति, प्रथम बालबालिका बिभाग द्वितिय र एटुमान्नुर एरिया समितिले बिजय हाँसिल गरेका छन् ।

बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण नगर समितिको आयोजनामा १२६औं माओ जयन्ति मनाइएको छ ।

कार्यक्रमको अध्यक्षता धर्मराम बिकले र सञ्चालन करन दयालले गर्नु भएको थियो । कार्यक्रममा मु.प्र.क्षे.स.बाट दशरथ बिक, मु.प्र.न.स.बाट शेर सिंह बिक, महिला बिभागबाट पार्वति बिक, कलापति बिक र द्रोपति बिक, लाल बाग एरिया समितिबाट रमेश बिक, साँस्कृतिक बिभागबाट गणेश बिक, टाउन हाल एरिया समितिबाट मिना बिक, तावरेकेरे एरियाबाट अर्जुन बिक लगायतले मन्तव्य दिएका थिए ।

भिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीको आयोजनामा १२६औं माओ जयन्ती मनाएको छ ।

नगर अध्यक्ष काजीराम श्रेष्ठको अध्यक्षता र कृष्टी राईको सञ्चालनमा अगाडी बढेको सो कार्यक्रममा मुख्य अतिथि केन्द्रीय पार्षद तथा क्षेत्रीय सदस्य रामबहादुर थापा तथा अतिथि आसनमा क्षेत्रीय सदस्य रामप्रसाद घिमिरे र महिला बिभाग अध्यक्ष देब मायाँ बगाले रहनु भएको थियो। ज्ञात अज्ञात सहिदहरु प्रति १ मिनेट मौन धारणा पछि उपस्थित जनलाइ नगर उपाध्यक्ष राम कुमार बस्नेतले स्वागत मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो ।

मन्तव्य राख्नेहरुमा क्रमशः भिवाडी हाउसिङ्ग बोर्ड टोलसमितिका अध्यक्ष बिश्नु घिमिरे, महिला बिभागकि सदस्य शान्ता भुशाल, सदस्य लक्ष्मी भट्टराई, महिला बिभागकि अध्यक्ष देब मायां बगाले, नगर समितिका सदस्य नारायण शर्मा, सदस्य किशोर राई, क्षेत्रीय सदस्य राम प्रसाद घिमिरे र केन्द्रीय पार्षद तथा क्षेत्रीय सदस्य राम बहादुर थापा हुनुहुन्थ्यो । वक्ताहरूले माओले विश्व कम्युनिस्ट आन्दोलनमा दिनुभएको योगदान र उहाँको जिवनीको बारेमा प्रकाश पार्नु भएको थियो ।

निलगिरी । मूप्रअभानेएस निलगिरी नगर समितिले क.मासेतुङको १२६औ दिवस सम्पन्न पारेको छ । टेकबहादुर बिकको अध्यता तथा मिना हमालको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहीदहरुप्रति १मिनेट मौनधारण पछि जगत बहादुर हमालले स्वागत मन्तव्य दिनुभएको थियो ।

परिषद सदस्य तथा क्षेत्रीय सदस्य विरे थापा, नगर समितिबाट गूप्त बाहादूर परियार, टीटीकल एरीयाबाट दिनेश बिक, विद्यार्थी क्षेत्रबाट कुमारी थापा, नगर बिद्यार्थीबाट कस्तुरी थापा, साँस्कृतिक विभागबाट बलबहादुर बिक लगायतले मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here