नेपालका परराष्ट्रमन्त्री ज्ञवाली नयाँ दिल्लीमा

0
226

(सुवास बस्नेत)

नयाँ दिल्ली । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली दुइ दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्ली पुग्नु भएको छ । रायसिना संवादको चौथो संस्करणूमा भाग लिन मन्त्रि ज्ञवाली नयाँ दिल्ली पुगेको बताइएको छ । परराष्ट्र मन्त्रालयको अनुसार मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्नु हुने छ ।

‘अब्जर्भर रिसर्च फाउण्डेशन’ द्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा राजधानी दिल्लीमा हुने युक्त कार्यक्रममा ‘अ वल्र्ड रिअर्डरः न्यू जिओमेट्रिक्स, फ्ल्युड पार्टनरसिप, अनसर्टेन आउटकम्स’ विषयमा चर्चा–परिचर्चा गरिने समाचार छ ।

भ्रमण अवधिमा मन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, परराष्ट्रमन्त्री सुष्मा स्वराज लगाएतका उच्च अधिकारीसँग समेत भेटघाट गर्ने नयाँ दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ ।

भोली शुक्रवार बिहान एघार बजे नेपाली राजदुतावासमा प्रवासी नेपालीहरुका मुद्धा र नेपालीहरुले प्रवासमा भोग्नु परेका समस्याहरुलाई मध्यनजर गर्दै सम्बोधन गरि मन्त्री ज्ञवाली शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here