निसीखोला गाउँपालिकामा युवकहरुको भेला र प्रशिक्षण सम्पन्न

0
214

बाग्लुङ । अखिल नेपाल युवक संघ बाग्लुङले सञ्चालन गरेको “जागौं युवा, लागौं युवा” बिशेष संगठनात्मक अभियान अन्तर्गत निसीखोला गाउँपलिको भेला यहि माघ १४ गते झिवाखोलामा अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य का.योगेन्द्र पौडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रमको अतिथीहरुमा राष्ट्रिय जनमोर्चा बाग्लुङका जिल्ला सदस्य खिम बिक्रम शाही, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य तथा बाग्लुङ जिल्ला अध्यक्ष का. जुन बिक्रम शाही, राष्ट्रिय जनमोर्चा बाग्लुङका जिल्ला सदस्य थमन घर्ती, अखिल नेपाल युवक संघका बाग्लुङ जिल्ला कोषाध्यक्ष अनिल गिरी, अखिल नेपाल युवक संघका बाग्लुङ जिल्ला सदस्य का. भिषम छन्त्याल लगायत हुनुहुन्थ्यो ।

भेलाले राजेन्द्र शाहीको अध्यक्षतामा ११ सदस्यीय निसीखोला गाँउपालिका समिति चयन गरेको छ । जसमा उपाध्यक्ष लोक शाही, सचिव असोक छन्त्याल, सहसचिव विनिता शाही, कोषाध्यक्ष राधिका शाही ठकुरी, सदस्यहरुमा अभिसेक छन्त्याल, बिरेन्द्र शाही, लोकेन्द्र सापकोटा, घनश्याम सापकोटा, मदन बुढा, दिपक घर्ती रहनु भएको छ । कार्यक्रम जिल्ला सदस्य भिषम छन्त्यालको अध्यक्षता, अनिल गिरीको सञ्चालनमा सम्पन्न भएको थियो । अभियान माघ १५ गते देखि १९ गते सम्म ढोरपाटन नगर पालिकामा सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here