अखिल नेपाल युवक संघ बागलुङले “जागौं युवा, लागौं युवा” अभियान सञ्चालन

0
258

बाग्लुङ । अखिल नेपाल युवक संघ बागलुङले स्थानीय तहको अधिकार र बिकाश बजेट बृद्धि गर, मंहगी, भ्रष्टाचार र कालो बजारी नियन्त्रण गर भन्ने नाराका साथ सञ्चालन गरेको “जागौं युवा, लागौं युवा” अभियान माघ ११ गते जिल्लामा दुई टोली निर्माण गरेर सञ्चालन गरेको छ । जस अनुसार टोली नं. २ ले २०७५ माघ ११ गते निसीखाला गाँउपालिका वडा नं. १ र २ को संयुक्त भेला तथा जागौं युवा, लागौं युवा अभियानको उदघाटन कार्यक्रम अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य का.योगेन्द्र पौडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रमको अतिथीहरुमा अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य तथा बाग्लुङ जिल्ला अध्यक्ष का. जुन बिक्रम शाही, अखिल नेपाल युवक संघका बाग्लुङ जिल्ला सदस्य का. भिषम छन्त्याल लगायत हुनु हुन्थ्यो । भेलाले अशोक छन्त्यालको अध्यक्षतामा ९ सदस्यीय वडा समिति चयन गरेको छ । जसमा उपाध्यक्ष कमला छन्त्याल, सचिव अभिसेक छन्त्याल, कोषाध्यक्ष राधिका सिंह ठकुरी, सदस्यहरुमा रेम बहादुर खत्री, होमराज बि.क., टिका बहादुर छन्त्याल, गुञ्ज बहादुर छन्त्याल र बिनिता शाही ठकुरी रहनु भएको छ । अभियानको क्रममा सदस्यता वितरण, पर्चा वितरण र प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छ ।

त्यस्तै २०७५ माघ १२ गते निसीखाला गाँउपालिका वडा नं. ३ र ४ को संयुक्त भेला अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य का.योगेन्द्र पौडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । कार्यक्रमको अतिथीहरुमा राष्ट्रिय जनमोर्चा बाग्लुङका जिल्ला सदस्य खिम बिक्रम शाही, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य तथा बाग्लुङ जिल्ला अध्यक्ष का. जुन बिक्रम शाही, अखिल नेपाल युवक संघका बाग्लुङ जिल्ला कोषाध्यक्ष अनिल गिरी, अखिल नेपाल युवक संघका बाग्लुङ जिल्ला सदस्य का. भिषम छन्त्याल लगायत हुनु हुन्थ्यो ।

भेलाले राजेन्द्र शाहीको अध्यक्षतामा ९ सदस्यीय वडा समिति चयन गरेको छ । जसमा उपाध्यक्ष भुमिराज खडका, सचिव सुर्य बहादुर शाही, कोषाध्यक्ष नर बहादुर सेन, सदस्यहरुमा महेश चन्द्र, बिरेन्द्र शाही, लोकबहादुर शाही, गोविन्द चन्द रहनु भएको छ । कार्यक्रममा, अतिथीहरुले विभिन्न विषयमा प्रशिक्षण दिनु भएको थियो । अभियान अन्र्तगत १३ गते निसीखाला गाँउपालिका वडा नं. ५, ६ र ७ मा भेला सम्पन्न गरी १४ गते निसीखाला गाँउपालिका स्तरिय प्रशिक्षण भेला सम्पन्न गर्ने छ ।

यसैगरी टोली नं. १ ले जागौं युवा, लागौं युवा अभियान अन्र्तगत २०७५ माघ ११ गते देखि कार्यक्रम उदघाटन गरी सञ्चालन गरेको छ । अखिल नेपाल युवक संघ बागलुङका उपाध्यक्ष सञ्जाल शर्मा, जिल्ला सचिव बिरेन्द्र थापा, जिल्ला सदस्य दुर्गा थापा लगायतको टोली ले बरेङ गाँउपालिकाको वडा नं. १, २ ३ र ४ मा जनभेटघाट, प्रशिक्षण, पर्चा वितरण, सदस्यता वितरण अभियान सम्पन्न गरेको छ । टोलीले २०७५ माघ १४ गते बरेङ गाँउपालिका स्तरीय प्रशिक्षण भेला सम्पन्न गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here