पौष ३, दाङ । सरकारको निरिह्यताका कारण हत्यारा र बलत्कारीहरुको कार्बाही हुन नसकेको आज अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मिना पुनले बताउनु भएको छ ।
महिला संघ दाङको चौथो जिल्ला सम्मेलन लमहीमा उद्घाटन गर्दै प्रमुख अतिथि मिना पुनले प्रशासन र सरकार जनपक्षीय काम गर्नुको साटो उ आफै बदनाम हुँदै गयको र जनतामा सरकारप्रति निराशा थपिदै गएको कुरा बताउनु भयो ।
जिल्ला अध्यक्ष कमला जिसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय जनमोर्चा कार्यकारी अध्यक्ष रश्मिराज नेपाली, प्रदेश सभा सांसद तारा जिसी, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल युबक संघ जिल्ला अध्यक्ष चित्र यमसी लगायतले मन्तब्य राख्नु भएको थियोे ।
रक्तिम साँस्कृतिक अभियानका महासचिव नारायण योगीले जनबादी गित प्रस्तुत गर्नु भएको थियोे । कार्यक्रममा सहभागिहरुलाई सारदा थापाले स्वागत गर्नु भएको थियोे भने सञ्चालन पुर्णिमा आचार्यले गर्नु भएको थियो ।