फेरी नेकपा (एकताकेन्द्र–मसाल) !

0
863

नयाँ दिल्ली । नेपाल कम्यूनिष्ट पार्टी (एकताकेन्द्र–मसाल) भन्ने वित्तिकै तात्कालिन नेकपा एकता केन्द्र र तात्कालिन नेकपा मसाल बीच भएको पार्टी एकता पश्चात नेकपा (एकताकेन्द्र–मसाल) भनेर चिनिन्थ्यो । तात्कालिन एकताकेन्द्रको नेतृत्व नारायणकाजी श्रेष्ठ (प्रकास)ले गरेका थिए भने मसालको नेतृत्व रामसिंह श्रीसले । दुबै पार्टीबीच एकता भए पश्चात नेकपा (एकताकेन्द्र–मसाल) नाम रहन गयो र नेतृत्व मोहन विक्रम सिंहले गर्नुभएको थियो ।
जब दुबै पार्टी बीच मतभिन्नतासँगै पार्टी नै छुट्टाछुट्टै भए पछि सिंहको नेतृत्वमा रहेको (एकताकेन्द्र–मसाल) ले सातौं महाधिवेशन पश्चात पुनः नेकपा –मसाल) नै नाम राखेको थियो, भने श्रेष्ठको नेतृत्वमा रहेको एकताकेन्द्र–मसाल तात्कालिन नेकपा (माओवादी)मा विलयसँग एमाओवादी बनेको थियो ।

तर यतिवेला घोराहीका कतिपय घरका भित्तामा नेपाल कम्यूनिष्ट पार्टी (एकताकेन्द्र–मसाल) केन्द्रीय समितिको नेपाली जनतालाई विशेष अपिल उल्लेख भएको पर्चा टासिएका छन् । हुन त यो त्यतिधेरै चासोको विषय होइन् तर अलिधेरै खोतल्न खोज्दा चासोको विषय नै बन्न जान्छ ।

सैद्धान्तिक भिन्नतालाई हेर्दा तात्कालिन नेकपा (एकताकेन्द्र–मसाल)ले माक्सवाद, लेनिनवाद, माओविचारधार मान्दथ्यो । हाल टासिएका पर्चामा माक्र्सवाद–लेनिनवाद–माओवाद उल्लेख छ ।

पर्चामा वर्तमान मुलुकको परिस्थिति र नेपाली जनताको दैनिकी जीवन, मुलुकको विग्रँदो अवस्था, शान्ति सुरक्षा, हत्या हिंसा, लुटपाट, महिला हिंसा, मुलुकको राष्ट्रियता लगायतका विषयलाई उठान गर्ने कोशिस गरिएको छ ।

१३ वटा नारा भनिएता पनि नारा जस्ता भने छैनन् तर पनि केही कुनै मन्त्रालयमा दिने ज्ञापन पत्र वा राजनैतिक सुझाव पत्र जस्तो देखिने यो पर्चा कस्को हो ? त्यो समयले नै चिनाउने छ । तर पनि हामीले चिनेको नेपाल कम्यूनिष्ट पार्टी (एकताकेन्द्र–मसाल) धेरै पहिला थियो तर अहिले छैन ।

हेर्नुहोस् पर्चा तल जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here