गण्डकी प्रदेशका सांसदलाई एयर एम्बुलेन्सबाट दिल्ली अपोलोमा

0
650

मंसिर २५, काठमाडौं । गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीलाई उपाचारार्थ भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा पुर्याइएको समाचार छ । सांसद घर्ती कलेजो सम्वन्धी रोगबाट गम्भीर बिरामी भएकाले काठमाडौँ देखि एयर एम्बुलेन्सबाट एपोलो अस्पताल पुर्याइको हो ।

प्रदेश सांसद घर्तीको १७ दिन देखी काठमाडौँ स्थित ग्राण्डी अस्पतालको आईसीयुमा उपचार भैरहेको थियो । श्रोतका अनुसार उनी बिगत १४ दिनदेखि बेहोस अवस्थामा छन् ।
ढोरपाटन नगरपालिका ५ अधिकारीचौर सइखोला निवासी सांसद घर्ती राष्ट्रिय जनमोर्चाका सक्रिय कार्यकता हुन् । सांसद घर्ती बागलुङको क्षेत्र नं २ को ख बाट प्रदेश सभा सदस्यमा बामगठवन्धनबाट उमेदवार बनी निर्वाचित भएका हुन् ।

४६ वर्षिय घर्ती बिगत केहि दिन देखी कलेजो सम्वन्धी रोगबाट पीडित रहेको पार्टी श्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here