हेमराज आश्रमले ल्याए प्रगतिशिल सोरठी (भिडियो सहित)

0
815

काठमाडौं । आम रुपमा सोरठी भन्ने वित्तिकै हाम्रो अगाडि मारुनी र पुरुसुङगे घर आंगनमा रिंगी रहेको र छेउमा उभिएर मादलु भाइहरुले मादल ठोकेको फिलिङ हुन्छ मनमा । हुन पनि मारुनी, पुरुसुङगे, मादलेहरु र गीत गाउने डफ्फाहरुको गठजोड नै हो सोरठी । सोरठीको पुरानो इतिहास छ । अक्सर त सोरठी, धर्म, संस्कार, रितिरिवाज र धर्मग्रन्धमा आधारित हुन्छ । तर जनवादी गायक हेमराज आश्रमले यस वर्षको तिहारलाई लक्षित गरि “तिहार आयो राजै….” बोलको प्रगतिशिल सोरठी गित र भिडियो बजारमा ल्याएका छन् ।

सोरठी सोह्र श्रृङ्गारभित्र बाधिएको नेपालको प्राचिन लोकनाटक हो । सोरठी शब्द प्राचिन राजा जैसिंगेका सोह्रवटी रानीबाट आएको शब्द सोह्रौटीबाट अपभ्रंस भएर आएको विश्वास गरिन्छ । यो लोकनाटक सुरुवात गरेपछि चौध दिनसम्म निरन्तर प्रस्तुत गरिन्छ भन्ने किम्बदन्ती छ । आम रुपमा सोरठीको कथालाई गुरूबाउले मादलको तालवादन र संगीतकासाथमा जगाउने गर्दछन् । यस लोकनाटकमा प्रस्तुत गरिने सोरठी नाच नेपालको पूर्वदेखि पश्चिमसम्म र हिमालदेखि तराईसम्म फैलिएको पाइन्छ । यो लोकनाटक गुरूङ, दुरा, धिमाल, कुमाल, मगर र थारुहरूको कुलदेवताको पूजा आरधनाको निमित्त प्रयोग गरिने धार्मिक लोक नाटकको रुपमा पनि मानिन्छ ।

सोरठी लोकसाहित्यको कथावस्तु कुनै लामा घण्टौँ लाग्ने पनि हुन्छन् र कुनै छोटा र छरिता मिठासपूर्ण हुन्छन् । यहाँ कुनैका कथावस्तु त केवल घटनाको सानो डोरोमा मात्रै पनि विरचित हुन सक्छन् । जे होस्, कुनै न कुनै कथाको आधार हुन्छ–हुन्छ ।

गायक हेमराज आश्रमले विद्यमान नेपाली समाजमा भएका विभिन्न खालका संस्कृतिलाई तिहार आयो बोलको सोरठी मार्फत प्रगतिशिल रुपमा प्रस्तुत गर्न खोजेका छन् । रक्तिमका कलाकारहरुद्वारा अभिनय गरिएको उक्त भिडियोमा प्रमुख भूमिका विष्णु पौडेलले गरेका छन् ।

हेमराज आश्रम/शोभा गोपालीको स्वरमा गुन्जीको तिहार आयो सोरठीको लय/शब्द/एरेन्जः हेमराज आश्रमले गरेका छन् भने भिडियोको निर्देशकको भूमिका पनि उनै हेमराज आश्रमले गरेका छन् । भिडियोमा प्रस्तुत नृत्यको कोरियाग्राफ : सुप्रभा थापा रहेकी छिन् । छायांकन : विबस थापाले गरेको सो भिडियोको सम्पादन नविन घर्तिमगरले गरेका हुन् । दृष्य निर्माण भने आश्रम म्यूजिकले गरेका छ ।

तीहार आयो

तिहारै आयो हे राजै भैलीमा खेल्न आएको
जोर मादल डम्फू भिरेर भैलीमा खेल्न आएको
शिरैमा टोपी हे राजै गलामा माला लाएको
बर्षमा आउने तिहारमा भैलीमा खेल्न आएको

लहमा लह धान है झूल्यो तिहारै आयो
ढकमामक मखमली पूmल्यो तिहारै आयो

घरवेटी बाबा हे राजै हजुरको दैला आएको
गारो र सारो नमान्नु भैलीमा खेल्न आएको
आशिकै दिउँला है राज्य भैलीनी भाइले जानेको
मन फूकाई भेटी चढाउनु भैलीमा खेल्न आएको

दूबोमा जैसो हे राजै देख्न पाउ हजुर मौलाको
चन्द्रमा जैसो हे राजै हेर्न पाउँ हजुर उदाको
कालो छ माटो हे राजै कालै रात औंशीको
संसारै जीत्नु है राजै पुगोस आशिक भैलीको

तिहारै आयो हे राजै भैलीमा खेल्न आएको
जोर मादल डम्फू भिरेर भैलीमा खेल्न आएको
शिरैमा टोपी हे राजै गलामा माला लाएको
बर्षमा आउने तिहारमा भैलीमा खेल्न आएको ।

यो पनि हेर्नु होस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here