तिहार आउँदा रमाईलो हुन्छ : निलिमा पुन (भिडियो सहित)

0
1660
काठमाडौं । भैलो र तिहारको विशेषता भनौं या महत्व फरक फरक प्रकारले व्याख्या विश्लेषण गर्ने गरिएता पनि वर्तमान भने अत्यन्तै फरक छ । कतै पर्वको नाममा विकृती त बजारमा पर्वको बहानामा लुट, भ्रष्ट्राचार, महंगाई छ । तर पनि विद्यमान समाज पर्व मनाउने नाममा विकृतीलाई अंगाल्दै गइरहेको छ ।
                   मिल्दो कुरा एउटै मात्र छ जो देश तथा प्रदेशमा रहने दाजुभाईहरुसँग दिदी बहिनीहरुलाई भेटघाट गराउने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने र सम्बन्धलाई अझ दिगो बनाउने माध्यमको रूपमा चिनिन्छ तिहार ।
                   यस्तै अभाव गरिबी, अशिक्षा, बेरोजगारीको समस्याले प्रदेशीएका नेपाली युवाहरुलाई सम्बोधन गर्दै तिहार विशेषको रुपमा जनवादी गायीका निलिमा पुनले एक भिडियो एल्बम जारी गर्नु भएको छ ।
भनि देउ चन्द्रमा तिमी जस्तै प्यारो मेरो भाई कहाँछ ?
पुराई देउ सन्देश यो, तिम्रो दिदी तिहारमा रोइरहेछ ।
                  भन्ने स्थायी भएको गीतमा गायीका पुनले आफ्नो स्वरमा हालै मात्रै बजारमा आएको भिडियो एल्बम तिहारमा भाईप्रति दिदीको मायाँका शब्दहरुलाई उन्नु भएको छ ।
                 भिडियोमा नविना केसीको अभिनय छ । केसीले अभिनयमा दाजुभाइको मंगल कशलताको कामना गर्दै ढोकामा ओखर फूटालेर यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ भन्ने देखाएकी छिन् । केसीले पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्ने, फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिने गरेको संझना आफ्नो भाईको अनुउपस्थितिमा अभिनय मार्फ पेश गरेकी छिन् ।
                 भाइटीकाका दिनमा भाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्वलाई समेत पुनले शब्दमा र केसीले अभिनयमा देखाएर दर्शकको मन जित्ने कोशिस गरेका छन् । यो गितको रचना÷संगित जनवादी गायक जीवन शर्माको रहेको छ । भने म्यूजिक एरेन्ज गरेर नारायण दंगालले दिदी बहिनी र दाजुभाई बीच तिहारमा भेट हुन नपाएकोमा भावुकता बनाउने कोशिस गरेका छन् ।
                त्यस्तै दाजु–भाई, दिदी–बहिनीहरु भाई टिकामा भेट भइ गरिएको खुशाल माहोललाई समेटदै उनै जनवादी गायीका निलिमा पुनले आफ्नै शब्द रचना र संगितमाः
तिहार आउँदा रमाईलो हुन्छ, दिउँसी र भैलोमा
हजारे फूल सजाउँदा खेरी, घर संघार दैलोमा
              स्थायी भएको भिडीयो एल्बम सार्वजनिक गर्नु भएको छ । भिडियोमा डम्बर भण्डारी लगायतका रक्तिमका विभिन्न कलाकारहरुले अभिनय गरेका छन् । मखमली र सयपत्रीको माला गासेर दिदी बहिनीहरुले दाजू भाईप्रति प्रस्तुत गरेको अपार मायाँलाई शब्दमा उनेर पुनले तिहार गित तयार पार्नु भएको छ ।
प्रदेशबाट दाजु र भाई घर फर्कि आउँदा
फूलको माला सतरंगी टिका निधारमा लाउँदा
तिहार आउँदा………………
गाउँ र शहर झिली र मिली रमाईलो आँगन
तिहारको संदेश बोकेर आयो भैलेनी मागन
तिहार आउँदा………………
एकैछिन हाँसौं पन्छाई पिर, विपत्तै परेनी
जीवनको कथा, मनको व्याथा जेजस्तो भएनी
तिहार आउँदा………………
                 दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीकामा भावना मिसिएको छ भनेर रक्तिमका कलाकारहरुले प्रदेशीएका दाजु भाईहरुलाई स्मरण गरेका छन् । एरेन्ज नारायण दंगालको रहेको सो भिडियोको छायाँकन जीवन श्रेष्ठले र सम्पादन तुल्सी बास्कोटाले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here