जनगायिका निलिमा पुनको मर्मस्पर्शी गीत सार्वजनिक (भिडियो सहित)

0
335

काठमाडौं ।  जनगायिका निलिमा पुनको मर्मस्पर्शी  नयाँ गीत सार्वजनिक भएको छ । गायिका पुनको सुुमधुर स्ववमा सजिएको उक्त गितमा दाजुको भुमिकामा कलाकार सुमन  रोका मगरले स्वर दिएका छन ।

प्रदेशी दाजू र पराई घर गएकी बहिनीको वेदनालाई समेटेर तयार गरिएको एउटै काखमा हुर्केथ्यौं हामी बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

नेपाली पञ्चेबाजाको लयमा रहेको उक्त गीतमा गायिका निलिमा पुनकै शब्द तथा संगीत रहेको छ ।  गीतको एरेञ्ज झलक संगीतमले गरेका छन् ।

बागलुङ, पर्वत, कास्की जिल्लाका सुन्दर दृष्यहरु समेटिएको उक्त भिडियोमा सुजन थापा, हेमा श्रीष राना, धन बहादुर थापा, हस्तदेवी थापा, पञ्चकली पुन, मनरुपी श्रीष तथा बाल कलाकारमा साजन श्रीष र दिपीका थापाको अभिनय देख्न सकिन्छ ।

बिनय थापा छन्त्यालको छायाँकनमा डमर भण्डारी क्षेत्रीले निर्देशन गरेको भिडियोको सम्पादन तुलसी बाँस्कोटाले गरेका छन् ।(भिडियो हेर्नुहोस्:) https://youtu.be/7YuzVcP5lA8

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here