श्रद्धान्जली सभा सम्पन्न

1
377

प्यूठान, २१ पौष । झिमरुक ७ गब्दिमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रीय सदस्य नारायण जिसीका बुवा तथा राजमो केन्द्रीय सदस्य तथा ५ नं पद्रदेश सांसद तारा जिसीका ससुरा बुवा स्व. श्री टोप बहादुर जिसीको निधनको १३ औं दिन नेकपा –मसाल), राजमो, अखिल नेपाल किसान संघ झिमरुक गाउँपालिका स्तरीय समितिको संयुक्त आयोजनामा श्रद्धान्जली सभा राजमो ५ नं प्रदेश अध्यक्ष तथा पूर्व जिविस सभापति बम बहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

प्रमुख अतिथि खत्रीले पिछडिएको समाजमा परिवर्तनको लागि यसता कदमहरुको ऐतिहाँसिक महत्व रहने औंल्याउँनु भयो । समाजमा आज पनि यथास्थितिको शिकार भएको वास्तविकताबाट टाढा रहेको जस्ले गर्दा देशमा परिवर्तनको आँधी सिर्जना गर्न कठिन भएको बताउनु भयो ।

परिवारको तर्फबाट अन्टुकका केन्द्रीय सदस्य नारायण जिसीले सभाको प्रारम्भमा बोल्दै एक्काइसौं शताब्दीमा कठिन परम्परावादी संस्कारले नयाँ पिडीलाई परिवर्तनमा अवरोध उत्पन्न गरेको र आफूले त्यसको प्रतिकारको शंदेश दिन बाबाको क्रिया नगरे परेको बताउनु भयो । आफ्ना अभिभावकको सेवा जिउँदो छँदा गरिनुपर्ने, जीवनभर बा आमालाई संधै दुःख कष्ट दिने, मरेपछि देवलोकका प्रतिनिधि मार्फत स्वर्ग बास गराउने मिथ्या कुराको पछि नलाग्न समेत जिसीले अनुरोध गर्नु भयो ।

कार्यक्रममा राजमो जिल्ला सचिव विदुर मल्ल, झिरुक गापा अध्यक्ष तिलक जिसी, जिल्ला समन्वय समितिका सदस्य कृष्ण जिसी, शिक्षक नेता शंकर बस्नेत, नेकपा झिमरुकका झकबहादुर जिसी, नयाँ शक्तिका दान बहादुर बस्नेतले पनि विचार राख्नु भएको थियो । क्रार्यक्रममा राजमो ५ नं प्रदेश सांसद तारा जिसी, ४ नं वडाअध्यक्ष सितारमा पोखरेल, वडा नं ५ का अध्यक्ष टिका राम जिसी, किसान संघका केन्द्रीय सचिव बीर बहादुर जिसी, यातायात महासंघका केन्द्रीय उपाध्यक्ष भरत ढकाल, राजमो जिल्ला सल्लाहकार भेषमान गिरी, पूर्व गाविस अध्यक्ष ठाकुर गिरी, शिक्षक संघ प्यूठानका अध्यक्ष अर्जुन केसीको पनि आतिथ्यता रहेको थियो ।

कार्यक्रम रामचन्द्र भण्डारीको सञ्चालन र राजमो झिरुक गापाका अध्यक्ष सिद्धीमान जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा नारायण जिसीले स्वं बुबाले पढाएको सत्य माविमा बुबाको नाममा र स्व. आमाको नामा ज्ञानज्योती निमाविमा गरिब विद्यार्थीहरुको लागि अक्षयकोष राख्ने घोषणा समेत गर्नुभएको थियो ।

1 COMMENT

Leave a Reply to winsat Cancel reply

Please enter your comment!
Please enter your name here