मन मुटाव किन ?

1
349

मानव बिच भेद्भाव किन मानिस भएर
सम्बन्ध हाम्रो खराव किन मानिस भएर

समाज लाई लुटेर खाने जाली ती दुष्टको
हमेसा बिच बचाव किन मानिस भएर

केबल आफ्नो स्वार्थको निम्ती अस्मिता लुटाई
दुश्मन प्रती झुकाव किन मानिस भएर

अपराध गर्ने अपराधी छुटयो पैसाको बलमा
निमुखा माथी दबाव किन मानिस भएर

चेतन शील भएर भाई भाईको बिचमै
पशु झै मन मुटाव किन मानिस भएर ।

केशव गाहा (पाल्पाली)

1 COMMENT

Leave a Reply to geryoo Cancel reply

Please enter your comment!
Please enter your name here