तेहि मातृ काख तिम्रो अनि मेरो पनि

0
2013

नौ महिना तिमी अनि नौ महिना म पनि
यो धर्तीमा आउदा तिमि नग्न थियौ म पनि
तेहि आमाको स्तनपान तिमीले गर्यौ मैले पनि
बाबाको औला समाइ तिमी ताते गर्यौ म पनि ।

तेहि मातृ काख तिम्रो अनि मेरो पनि
उही कुटिरको बाँस तिम्रो अनि मेरो पनि
तेहि आगनी तेहि सिरानीमा रमाएर हास्यौ
आमाको लै बरि अनि बाबाको घिन्ताङमा नाच्यौ।

दिन कटे रात कटे कटेछन बालापन
थाहै नपाइ दस्तक दिइ आएछ जवानी
छिन बद्लिए दिन बदलिए बद्लिए रहर
औला देखाइ भन्न थालिए गए तिम्रा प्रहर।

सुरु भयो भेदभाव खुट्टयाइयो मेरो जात
तिमिलाई घर मै राखि मलाई सुम्पियो अरुको साथ
संस्कार अनि संस्कृतीको घुम्टो ओढाएर
सुम्प्यौ तिमिले मलाई औला समाएर ।

मारे पाप पाले पुन्डे भन्न्दै अश्रुधारा झायौ
दोधारको जिन्दगीमा मलाई तिमीले पार्यौ
घर मेरो माइती भयो बद्लियो मेरो थर
भनी दियौं तिमिले नपर भो अब हाम्रो भर।

कसैकि छोरी आज भए कसैकि बुहारी
खेल्न थाल्यो समयले आफै सित जुहारी …
अश्रु सबै लुकाएर सघार मा टेक्दा
फुलेछ मेरो मुटु पराय सबै देख्दा……।।

विनु के.सी., दाङ
हाल काठमाडौं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here