झाेला.

1
651

सुमन भण्डारी “भिषण” संसार

**************
अामा अाज मलाइ भन त
याे झाेलामा के के बाेकेर हिडु
जीवनका सपनाहरु कि
शिक्षकले अनिवार्य बाेक्न भनेका
पहाडका थुप्राहरु
कि बाले प्रदेशमा बगाएका
रगत र पसिनाहरु
साच्चै म के के बाेक्ने हाेला
यति सनाे झाेलामा
हेर त अामा
मलाई जिस्काइ रहेकाे
मेरै शरीरले थेग्न नसक्ने
बेरोजगार निर्यात गर्ने
यी स्कुलका किताबहरु

देशकाे असल नागरिक बन्न
बनाउन यत्रो तपस्या गर्नु पर्ने
बाले अाफ्नाे पुर्खेउलि सम्पति बेचेर
खुसि खाेज्न अर्ब पस्नु पर्ने
हामीले चामलकाे खाने रङ्ग किन्न
अाफ्नाे उर्जाशिल समय
उतै बितित गरेर सक्नु पर्ने
तर यहाँ समृद्धिकाे नारा घन्काउनेहरु
मेरा बाले बाेकेकाे झाेला
किन राेक्न सकेन अामा
मेरा बाकाे झाेला
यहाँ बिसाउनै ठाउँ नै नभएर हाे कि
कसैले थाम्नै नभए र हाे?

दुखका पहाडहरु बाेक्ने याे झाेलामा
हामीले सुखका हिमालहरु
कहिले बाेक्ने हाेला अामा?
यहाँ मैले बाेक्ने झाेलामा
बिदेशी भाषाका ढुङ्गाहरु छन
यी ढुङ्गाहरु बाेकेर
दुखकाे डुङ्गा चढेर पार गर्न सके त ठिकै हाे
तर म समुन्द्रमा ढुङ्गा संगै डुबे भने?
के हाेला अामा?
मलाई हेर्दै रुदै बस्छन हाेला हाम्रा दुखहरु

मैले पढ्ने अक्षर किन्न
मेरा बाले अझै के के गर्नु पर्छ अामा
कपाल नफुलुन्जेल अर्कैकाे देशमा चैकिदार
तिमीले लगाउने गुनियाे फेर्न
मेरा बा कति डिग्रि घाममा सेकिनु पर्छ
भाेलि बाले नै बाेकेकाे झाेला
मेराे लागि किन्न
मेरा बा मरुभूमिमा कति तल सम्म भासिनु पर्छ
अझै के के गरे पछि म भाेलि
त्याे झाेला बाेकेर हिड्न सक्छु
भन्देउ त अामा

यी दिन त झाेला भरि पैषा हुनेहरु कै रहेछ
बिबहा गर्नु भन्दा अगाडि केटाे कुन देश बस्छ
उसाे घरकाे उचाइ घडेरीकाे लम्बाई हेरिदाे रहेछ
अब भन त अामा हाम्रो झाेलामा त
दुखै दुखकाे सुख छ
याे झाेला खाेलि दिने हाे भने छरपस्ट हुन्छन
अामा हामी धनकाे धनी नभए पनि
मनकाे धनी छाै भनेर याे सहरलाई
स्पस्ट पार्न कति झाेला पैषा
देखाउनु पर्छ
दुखै दुखकाे सुख
म याे झाेला लगेर कहाँ सम्म पुगाैँ
अामा?
अासा नगर देखि निराशा नगर सम्म
सगरमाथाकाे चुचुराे देखि समुन्द्रकाे
गहिराई सम्म
हेर त कहि छैन याे हाम्राे झाेला राख्ने
ठाउँ
म अझै कहाँ कहाँ पुर्याउ याे झाेला
भन्देउ त अामा
******************

1 COMMENT

Leave a Reply to latogoma Cancel reply

Please enter your comment!
Please enter your name here