भरत पौंडेल
भारत प्रवासमा छ बर्षीय नेपाली बाल कलाकार सृष्टि अधिकारी नेपाली माधुरी दीक्षितको नाम बाट प्रख्यात भएकी छन्। 18 सेप्टेम्बेर 2011 मा दिल्लीको सफदरजंग आस्पतालमा जन्मिएकी सृष्टि अर्घाखाँची निवासी बाबा राम चन्द्र अधिकारी र आमा मीना अधिकारीकी कान्छी सुपुत्री हुन। अहिले राजधानी दिल्लीको ग्रेटर कैलासमा बसोबास गर्दै आएकि छन।
भनिन्छ कला – प्रतिभाको कुनै उमेर हुदैन र प्रतिभालाई समस्याले रोक्दैन उल्टो समस्याहरू नतमस्तक भएर सफलताको द्वारमा परीणत हुन्छन। जसको उदाहरण स्रष्टि अधिकारी बनेकी छन्। परिवारमा आर्थिक समस्याहरू धेरै छन, घरमा रोजगारी घरेलू काम भएका बुवाको जागिरमा खासै कमाई नभएता पनि सृष्टिलाई परिवार बाट कुनै कमि राखिएको छैन। उनका लागि छ वर्ष मात्र एक नम्बर हो, दिल्ली आइडल प्रतियोगितामा सृष्टिका विपरीत वयस्क, अनुभवी प्रतियोगी भएता पनि पहिलो स्थान सृष्टिले नै प्राप्त गरेकी थिन।
भारतीय वातावरणको प्रभावले जसरि हाम्रो भाषा, कला – संस्कृति माथि वैदेशीक संस्कृतिको प्रभाव आएको छ, यो अवस्थामा छ वर्षीय बालिकाको नेपाली गीत, नेपाली नृत्यमा चासोका साथ नेपाली संस्कृतिलाई भारतमा प्रतिनिधित्व गर्नाले सम्पूर्ण प्रवासी नेपालीका लागि राष्ट्रीयताको भावना जागृत भएको छ। भारत प्रवासमा नेपाली र नेपाली संस्कृति पहिलो पीढ़ीमा मात्रा सिमित भएको छ। भारतमा दोस्रो र तेस्रो पीढ़ीका नेपालीले आफ्नो भाषा सम्म बोल्न नसक्ने र भारतीय भाषा संस्कृति पूर्णरूपमा हावी भएको देखिएको छ। यो अवस्थामा छ वर्षीय बालिकाले नेपाली गीत संगीत – राष्ट्रिय पोशाकमा आफ्नो परफॉरमेंस दीदा दोस्रो र तेस्रो पीढ़ीमा अकल्पनीय प्रभाव देखिएको छ।
अहिलेको अवस्थामा भारत प्रवासमा स-साना बाल-बालिकालाई नेपाली बोल्न आउदैन तर उनको नेपाली गीत संगीत, नृत्यका साथ नेपाली ड्रेसमा एक्कासी चासो आउनु प्रवासी नेपालीका लागि गर्वको कुरो हो र यस परवर्तनमा स्रेष्टि अधिकारी को अहम रोल रहेको छ। हाम्रो दोस्रो र तेस्रो पीढ़ीलाई नेपाली कला – संस्कृतिका साथ जोड़नाको लागि नेपाली राजनैतिक संघ संस्थाका साथै गैर राजनितिक संस्थाले लामो समय देखि कार्यगरि रहेकाछन तर कुनै सफलता देखिएको थिएन।
भारतमा भाषा, कला-सांस्कृतिको जगेर्नाको नाममा हुने सम्पूर्ण कार्यक्रमलाई सफल बनाउनको लागि नेपाल बाट राष्ट्रिय कलाकारहरुलाई ठुलो रकम लगानी गर्नु पर्छ तर यसकिसकीमको कार्यबाट कुनै सफलता मिलेको छैन उल्टो संस्कृतिले विकीर्तिको बिकराल रूपधारण गरको छ। जब सम्म प्रवासमा भएको नेपाली कला – सस्कृतिलाई सम्मान मिल्दैन तब सम्म प्रवासमा नेपाली सस्कृतिको प्रचार प्रसार र संस्कृतिको जगेर्ना हुदैंन।
उनको सानो उमेरदेखि नै नेपाली गीत – संगीतमा चासो थियो। नेपाली भीडियो हेरेर आफै नेपाली नृत्य गर्ने चासोले गर्दा आज सृष्टिले भारत प्रवासमा अन्तर्राष्ट्रिय सेलिब्रेटीको दर्जा प्राप्त गरेकी छन्। गीत संगीतका साथै सृष्टिले अध्ययनमा पनि उच्च स्थान प्राप्त गरेकी छन्। आफ्नो विद्यालयमा माधुरी दीक्षितको नामले सबैको आँखाकी तारा बनेकी स्रष्टिले गर्दा नेपाली संस्कृतिलाई सम्मान गरिएको छ। आफ्नो विद्यालयमा मात्र होइन भारतीय सांस्कृतिक कार्यक्रमका साथ साथै प्रवासमा हुने नेपाली सांस्कृतिक कार्यक्रामको शुभारम्भ स्रेष्टि अधिकारीको नृत्य बाट गरिएको छ। स्रेष्टि अधिकारी प्रवासी नेपाली समाजमा संस्कृति जगेर्ना गर्ने आइकोन बनेकी छन्।
प्रवासी मात्र होइन नेपाली राष्ट्रिय कलाकार राजु परियार, जीवन शर्मा, देवी गर्ती, खेम सेन्चुरी, बद्री पंगेनि सहित नेपाली राजनेताहरु नयाँ शक्ति प्रमुख बाबुराम भट्टराई, हिसिला यमि, पूर्व प्रधानमंत्री चित्र बा. केसी सम्म उनको नृत्य बाट प्रभावित भएका छन्। प्रवासमा एक पार्टी अथवा एक संगठन मात्र नभई सम्पूर्ण राजनैतिक दल र गैर राजनैतिक दलको औपचारिक र अनौपचारिक कार्यक्रममा उनको स्पर्श रहेको छ। प्रवासमा कार्यरत राजनैतिक तथा गैर राजनैतिक संघ संस्थामा सकारात्मक सोच आएको छ र सबैमा एक मतका साथ प्रवासी कला र कलाकारलाई सम्मानका साथ आर्थिक अनुबन्ध गर्ने सहमत हुनु सकारात्मक सोच हो।
प्रवासमा रहेका शिक्षित विद्द्वान तथा समाजसेवी द्वारा स्रेष्टि अधिकारीका लागि शुभकामना
छिमेकी मित्र राष्ट्र भारतको राजधानी दिल्लीमा कार्यरत विभिन्न नेपाली संघ संस्थाले आयोजित गरेका सांस्कृतिक तीज महोत्सवमा छ वर्षीय बाल- कलाकार स्रष्टि अधिकारीले आफ्नो नृत्य प्रतिभा मार्फ़त नेपालको कला संस्कृति, गीत संगीत एवंम नेपाल र नेपालीको पहिचानमा अविश्वसनीय योगदान प्रशंसनीय छ। प्रतिभामान बाल कलाकार स्रष्टि अधिकारीको प्रतिभाको प्रवर्द्धन र प्रोत्साहित गर्नु जरुरी छ। म उनको भविष्यमा अझै सफलता र प्रगतिको शुभकामना व्यक्त गर्दछु।
नेपाली राजदूतावास, नयाँ दिल्ली, भारत (सांस्कृतिक काउन्सलर – होम प्रसाद लुईटेल)
सृष्टि अधिकारी एक नेपाली उदाउदो तारा हुन् भारतीय नेपाली समुदायमा यति सानो उमेरमा उनले जुन कला प्रतिभाको प्रदर्शन गर्दै आएरहेकीछन् उनको यस बालप्रतिभाले अजै फुल्ने मौका पाओस, अजै प्रगति गर्दै सफलताको शिखर चुम्न सफल रहुन, उज्ज्वल भविष्यको लागी ह्रदय देखि धेरै-धेरै शुभकामना छ । हामी आशा गर्दछौ उनले कला प्रतिभाका साथै अध्ययनमा पनि उच्च स्थान प्राप्त गर्ने छिन्। नानीको प्रगति र उन्नतिको पाइलाले पछाई राखोस यहि शुभकामना छ ।
साउथ एशियन विश्वविद्यालय, नयाँ दिल्ली, भारत (डा. युवा राज पोखरेल)
सानो नानी सृष्टि अधिकारी उमेरले सानो तर कलाले ठुल – ठुला नृत्यकिहरुको सरह योग्यता र कौशल देखि रहेको छु। अन्तर्राष्ट्रीय भानु भक्त आचार्य (आदि कवि) पुरस्कार सम्मान समारोह कन्भेन्सन दिल्लीमा सृष्टि अधिकारीको नृत्यले सबै दर्शक स्तब्ध र आनन्दित भएका थिए। सबैको मुख बाट वाह क्या सुन्दर प्रस्तुति शब्द हाम्रो कानमा आलै छ। त्यस पछि दिल्ली कै प्रसिद्ध सिविक सेन्टरमा आयोजित अन्तर्राष्ट्रीय रक्षाबन्धन महोत्सव जसमा भारतका प्रमुख राजनेतिक प्रतिनिधित्व तथा अन्तर्राष्ट्रीय प्रतिष्ठित हस्तीहरुको उपस्थितिमा देशभक्ति गीतको नृत्यमा सृष्टिले सबैलाई मंत्रमुग्ध बनाएकि थिन। नानी सृष्टी अधिकारीमा असीम क्षमता र कला छ। आशा छ भविष्यमा नानीको नृत्यले प्रमुख स्थान अवश्य अगोट्ने छ। हामी नेपाली संस्कृति परिषदले सृष्टि अधिकारीको सर्वांगिन सफलताको कामना गर्दछ।
अन्तरराष्ट्रीय कार्यकारी अध्यक्ष, नेपाली संस्कृति परिषद (अध्यक्ष- अशोक चौरसिया)
सृष्टि अधिकारी एउटा बिहानी सूर्योदय घाम जस्तै हुन। मलाई पूर्ण आशा छ भविष्यमा ऊनि संपूर्ण भारत स्थित नेपालीहरुलाई र सींगो नेपाललाई प्रकाश दिनेछिन उनको प्रतिभामा हामीले अत्यंत सुंदर सपना देखेको छौ। त्यसैले हामी सबै मिली उनलाई आर्थिक, नैतिक र भौतिकरूपमा सहयोग गर्नु पर्छ र उनको प्रतिभा को सम्माम र संरक्षण गर्नु हार्मो जिम्मेवारी हो।
लुम्बिनी गौतम बुद्ध चेरिटेबल (संस्थापक अध्यक्ष – दिपक जिसी)
भारत प्रवासमा रहेर विभिन्न किसिमक दुखहरुलाई झेल्दै आफ्नो कला र नेपाली संस्कृतिलाई विश्व सामु प्रतिनिधित्व गर्दै, येति सानो उमेरमा ठुलो उपलब्धि प्राप्त गर्नु सम्पूर्ण नेपालीका लागि गर्व गर्नु विषय हो। प्यारी स्रेष्टि बहिनि आउदो भविष्यमा अझ धेरै प्रगति गर्दै जाऊ। आउदो भविष्यका लागि मेरो तर्फ देखि धेरै धेरै शुभकामना दिन चाहन्छु।
श्री पशुपति सम्पर्क मंच, रजि. (अध्यक्ष – रमेश शर्मा लम्साल)
देश को सीमाना भन्दा पर भारतमा रहेर आफ्नो नेपाली भाषा राम्रो संग बोल्न र बुझन नसके पनी आफ्नो नेपाली भाषा, कला ,साहित्य र संस्कृतिलाई जीबन्त राख्न आफ्नो नृत्य मार्फ़त नेपाली संस्कृतिलाई विश्वसामु चीनाउने महान कार्य गरेकोमा हाम्रो सानो नेपाली छोरी सृष्टिमा गर्व गर्छौ। हामीलाई आशा छ भविष्यमा अझै राम्रो तालीम प्राप्तगरी नेपाली कला – संस्कृतीको माध्यम बाट हाम्रो देश नेपाल र नेपाली समाजको नाम अझै उच्च स्तरमा पुराउन छिन। नानुको उज्ज्वल भविष्यको लागी ह्रदय देखी नै कामना गर्दछु।
हाम्रो स्वाभिमान ट्रष्ट (महिला महासचिव – ललिता दत्त चौलागाई)
भारत प्रवासमा रहेर पनि नृत्य क्षेत्रबाट नेपाली कला र संस्कृतिलाई जोगाउन यति सानै कलिलो उमेरमा महत्वपुर्ण योगदान दिएर नेपाल राष्ट्रको सान र मानलाई बढाउनु भएको छ। यसको लागि बहिनी सृष्टि अधिकारीलाई अझै यो भन्दा धेरै प्रगतिको हार्दिक शुभकामना दिन चाहन्छु।
मेची महाकाली जागरण अभियान भारत रजि. (महासचिव – मदन धामी कुशल)