हेल्लो कामरेड !

0
545

– जयन्ती मगर सरगम

हेल्लो कामरेड!
हजुर त क्या गजबले बद्लिनु भएछ !
हिजोका दिनहरूमा
गाउँ गल्लीहरूमा परिवर्तनका लागि
सँगै लगाएका नाराहरू
स्याउलामा बसेर गरेका प्रतिबद्धताहरू
सातु र नुन बोकी
लिएका संकल्पहरू
आज बेपत्ता लडाकु भएछ
हेल्लो कामरेड !
हजुर त क्या गजबले बद्लिनु भएछ !
छाडेर खाँदा खाँदैको गास
चुहिने न सही त्यागेर बसिरहेको बास
आशा मारेर आफ्नै स्वास
हजुरसँगै सुदूर निस्केको
हजुरको सत्ता पुग्ने भर्याङ बन्नुलाई रहेछ
हेल्लो कामरेड !
हजुर त क्या गजबले बद्लिनु भएछ !
हिजो हजुरलाई विश्वास गरी
हजुरको स्वार्थको मौलामा
सिङ्गो समुदायको बली दियौँ
विश्वासको बली दियौँ ।
तर अहिले हजुर बद्लिएसँगै
भ्रमको बली दियौँ
र त अझै जीवितै छ आत्मविश्वास ।
हो कामरेड !
भ्रमको पर्दा च्यातिएको छ ।
हामी कतिपनि भयवित छैनौं
हजुरको छिनछिनमा बद्लिरहने रंग देखेर
किनकि हामीलाई थाहा छ कामरेड
छेपारोलाई रंग बदल्न
कुनै आइतबार चाहिँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here