हिसारमा प्रशिक्षण कार्यक्रम सम्पन्न

0
309

हिसार, १२ अगस्त । भारतस्थित गासबास मजदुरहरुलाई संगठित गर्दै आएको भारतस्थित नेपालीहरुको बीच स्थापित सबैभन्दा ठूलो साझा संगठन मूल प्रभा अखिल भारत नेपाली एकता समाज नगर समिति हिसारले एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न पारेको छ ।

तारा बहादुर सोमरेको सञ्चानल नगर अध्यक्ष वसन्त दर्लामीको अध्यक्षताबाट अगाडिबाट बढेको सो कार्यक्रममा उपस्थित प्रशिक्षार्थीहरु प्रशिक्षकहरुलाई आत्माराम न्यौंपानेले स्वागत गर्नुभएको थियो ।

प्रशिक्षिण कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कपिल खनाल, सुदुर पश्चिमोर क्षेत्रीय समितिका सचिव त्रिभुवन भट्टराईको अतिथी आसन पछि सहिदहरुको सम्झनामा एक मिनेट मौनधारण पश्चात कार्यक्रम अगाडि बढेको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता सामाज भारतमा स्थपनाको किन आबश्यकता, सङगठनले भारतस्थित नेपालीहरुको अभिभावकी भूमिका निर्वाहा गरेको बताउनु भयो । श्रमजिवी नेपालीहरुको पक्षमा आफूहरु निरन्तर कामगर्ने समेत खनालले बताउनु भयो ।

प्रशिक्षक त्रिभुवन भट्टराईले देशको बर्तमान राजनीतिक विषय, अन्तर्राष्ट्रिय विषय र वैदेशिक रोजगारमा भौतरिएका युवा–युवतिहरुले भोग्नुपरेका समस्या लगायतका विषय र यसबाट मुक्त हुनका लागि संगठनको महत्व लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षक खनालले मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरुको जिम्मेवारीको विषयमा समेत प्रकाश पार्नुको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here