हिमशिला फोर्न हिंडेका छोरीहरु

0
209

गिरीप्रसाद बुढामगर (रुकुम)

भोक मेट्ने उपाएको खोजीमासडकमा हिंडदै गर्दा
खाली पेटलाई यथास्थितिमै बोकेर
छिटोछिटो अगाडि बढ्न उद्यत छन्
हिमशिला फोर्न हिंडेका उद्येलित छोरीहरु
हिमशिला फोर्न हिंडेका उद्येलित छोरीहरु

 

लाली लिपिष्टीक र गाजलले अनुहार सजाउँदैनन्
लाउँदैनन् छोटा–छोटा मिनी स्कर्टहरु
बरु साधा र पवित्र शरिर लिएर सड्कमा हिड्दै गर्दा
नारीप्रति कूदृष्टि राख्नेहरुले
उनीहरुको स्तन माथि नजर घुमाउँछन्
उनीहरुको साधा र पवित्र शरिरलाई छुन खोज्छन्
तै पनि,उनीहरु मौन हुन्छन्
यही मौनता बोकेर उनीहरु
छिटो छिटो अगाडि बढ्न उद्यत छन्
हिमशिला फोर्न हिंडेका उद्येलित छोरीहरु
हिमशिला फोर्न हिंडेका उद्येलित छोरीहरु

उनीहरु यही स्कूलमा पढ्छन्
जहाँ दर्जनौं पुस्तकका करोडौं अक्षरहरु
सुगालाई झैं एकहोरो रट्न लगाइन्छ
उनीहरुलाई यो स्कूलमा पढ्न पटक्कै मन छैन
उनीहरुलाई उ sss त्यो स्कूलमा पढ्न मन छ
जहाँ आकाशमा हवाई जहाज उडाउन सिकाइन्छ
अग्ला अग्ला महलहरु
लामा लामा पुलहरु
फराकिला सड्कहरु
डिजाइन गर्न सिकाइन्छ
मानिसहरुको अंक प्रत्याङ्ग चिर्न सिकाइन्छ
सिउन सिकाइन्छ र जिउन सिकाइन्छ
हो, त्यही स्कूलमा पढ्ने इच्छा बोकेर
उनीहरु सड्कमा हिंडदै गर्दा
फाटेको स्टकोट लगाएर
पसिनै पसिना कुल्लि काम गरिरहेको
आफ्ना बा’लाई
उनीहरुले इच्छा प्रकट गर्न सक्दैनन्
नत उनीहरु यो इच्छा
अलि पर
फाटेको चोली र गुन्यू लगाएर गटी कुट्दै गरेकी
आमालाई नै प्रकट गर्न सक्दछन्
त्यही अप्रकट र गुप्त इच्छा बोकेर
छिटोछिटो अगाडि बढ्न उद्यत छन्
हिमशिला फोर्न हिंडेका उद्येलित छोरीहरु
हिमशिला फोर्न हिंडेका उद्येलित छोरीहरु

युगौदेखि आफ्ना इच्छाहरु गुप्त राख्न विबश भएकाले
थुप्रैथुप्रै उत्पीडनहरुले थिचिएकाले
थुप्रैथुप्रै विभिदहरुले मिचिएकाले
अब उनीहरुको मष्तिस्कमा
विद्रोहको ज्वाला सल्किंदै छ
उनीहरुको मन मूटू संघर्षमा संगठित हुँदैछन्
संघर्षमा संगठित हुँदै गरेका मन मूटू बोकेर
विद्रोह सल्किंदै गरेको मष्तिस्क बोकेर
छिटोछिटो अगाडि बढ्न उद्यत छन्
हिमशिला फोर्न हिंडेका उद्येलित छोरीहरु
हिमशिला फोर्न हिंडेका उद्येलित छोरीहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here