स्वच्छ खानेपानी पुर्‍याउन निर्देशन

0
141

काठमाडौं । विकास तथा प्रविधि समितिको बैठकले स्वच्छ खानेपानी तथा सरसफाइको पहुाच सबै जनतामा पुर्‍याउन निर्देशन गरेको छ । समितिको मंगलबार बसेको बैठकले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाबाट प्राप्त हुने पानी उपत्यकामा वितरण कार्यको मिति पर नसार्न र मेलम्ची खानेपानी आयोजनाका बााकी कार्य छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्न मन्त्रालयलाई निर्देशन गरेको हो ।

बैठकले स्वच्छ खानेपानी मौलिक हकका रुपमा रहेको हुँदा उपत्यकाका धारामा आउने पानीको गुणस्तर सुनिश्चित गर्ने व्यवस्था मिलाउन तथा मेलम्ची खानेपानी प्रणालीमा एङ्ग्री र लार्के खोलाबाट थप १७ करोड लिटर पानी थप गर्ने सम्बन्धमा गरिनुपर्ने कार्य प्राथमिकताका साथ अगाडि बढाउन पनि मन्त्रालयलाई निर्देश गरेको छ । साथै मेलम्चीको पानीको प्राप्तिपछि काठमाडौाको पानीको ढल व्यवस्थापन गर्न बनेका कार्ययोजना १५ दिनभित्र समितिलाई उपलब्ध गराउन, खानेपानी मन्त्रालयले सम्पादन गर्ने कामका बारेमा हालसम्म कानून बनेको नपाइएकाले सोसम्बन्धी विधेयकको मस्यौदा तयार गरी पेश गर्न र स्वच्छ खानेपानी उपलब्ध गराउन प्रदेश एवं स्थानीय तह तथा अन्तरमन्त्रालयगत समन्वय गर्न पनि बैठकले निर्देश गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here