महिला हिंसा विरुद्ध अन्तक्र्रिया

0
149

काठमाडौं । पछिल्लो समय समाजमा महिलामाथि बलात्कार, हत्या, हिंसा दिन–प्रतिदिन बढ्दै जाादा त्यसको विरुद्धमा संयुक्त महिला सङ्घर्ष समितिले “समाजमा बलात्कार बढोत्तरी किन ?” शीर्षकमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

२०७५ साउन ३१ गते काठमाडौाको बागबजारमा सम्पन्न अन्तक्र्रियामा राष्ट्रिय जनमोर्चाकी प्रवक्ता एवं संसद दुर्गा पौडेलले सम्बोधन गर्दै बलात्कारीहरु अहिले पनि समाजमा सिर ठाडो गरेर हिड्नु दु:खको कुरा भएको बताउनु भयो । “बलात्कार गर्नेहरु अहिले पनि हाम्रै अगाडि छाती फुलाएर हिंडेका छन्” सांसद पौडेलले प्रश्न गर्नु भयो– “यस्तो किन भइरहेको छ ?” उहाँले अगाडि भन्नु भयो– “हुनु यो पर्दथ्यो, बलात्कारीहरु सिर निहुराएर बााचून, तर उत्पीडित महिलाहरु समेत सिर ठाडो पारेर हिड्न सकून् । समाजमा उल्टो भइरहेको छ ।” राजमो नेतृ पौडेलले सरकारले महिलाहरुको सम्मानजनक ढङ्गले बाच्न पाउने अधिकारको ग्यारेन्टी गर्नु पर्नेमा जोड दिनु भयो ।

दश वर्षअघि सर्वोच्च अदालतले महिला हिंसा सम्बन्धी मुद्दालाई द्रूत गतिमा फैसला गर्नका लागि फास्ट ट्रयाक अदालत गठन गर्न आदेश दिएको प्रसङ्ग उठाउनु भयो । उहाँले भन्नुभयो– “फास्ट ट्रयाक अदालत तत्कालै गठनका लागि हामी सबैले सशक्त ढङ्गले आवाज उठाउनु पर्दछ ।” उहाँले थप्नु भयो– “यदि प्रभावित तप्काले सशक्त ढङ्गले आवाज उठाउन नसक्ने हो भने फास्ट ट्रयाक अदालत एक दशक ढिलो त भइसक्यो, अझै कति ढिलो हुने हो ? भन्न सकिन्न ।”

कार्यक्रम नेकपा (क्रान्तिकारी माओवादी) का नेता सी.पी. गजुरेल, कुमार बेलबासे, नेकपाकी रेखा शर्मा, नेपाली काङ्ग्रेसकी पुष्पा भुसाल, हिसिला यमी, धर्मशिला चापागाई, सञ्चारिका समूहकी लक्ष्मी पुन लगायतका वक्ताहरुले मन्तव्य दिनु भएको थिए ।

कार्यक्रममा सहभागीहरुले उठाएको विषयवस्तुमाथि निर्मला पोख्रेल, ज्ञानु आचार्य, सम्झना भट्टराई र मञ्जु गुरुङले टिप्पणी गर्नु भएको थियो । जनक कुमारी चालिसेको सञ्चालनबाट अघि बढेको कार्यक्रमको अध्यक्षता मनु हुमागाईले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here