साहित्य र वर्गिय चिन्तन

0
297

हेमलाल गौतम, जापान

साहित्य एउटा त्यस्तो साधन हो, जसको माध्यमबाट सुसुप्त मानसिकतामा रहेका जोकोहिलाई पनि उर्जा प्रदान गर्दछ र नयाँ सोंचमा बदलिदिन्छ । साहित्य त्यो चिज हो जसले निकै शक्तिशाली हतियार भन्दा धेरै गुणा लडाई जित्न सक्छ । साहित्य त्यो हो जसले समाजमा बिकृति र बिसंगतिलाई सुधार्न सहयोग गर्दछ । साहित्य त्यो हो जसले मानवीय संबेदना बुझ्दछ र सामाजिक रूपान्तरणमा सहयोग स्थापित गर्दछ । साहित्य त्यो होजसले एउटा सिंगो समाज, देश र बिश्वलाई नै बदल्न सक्दछ । तर साहित्य निरपेक्ष हुँदैन, यो त सापेक्ष हुन्छ । यसले पनि समाजको चरित्रको परिवर्तन गर्दछ । यसले कुनै एउटाबर्गको प्रतिनिधित्व गर्दछ । यसले या त सम्भ्रान्त वर्गको या त गरिव दुःखीको प्रतिनिधित्वगर्दछ । एउटै साहित्य भित्र दुईवटा रूप बस्न र अटाउन सक्दैन ।

साहित्यमा वर्गिय चिन्तन आबश्यक हुन्छ, त्यसैले त त्यो साहित्य त्यही वर्गका लागि उपयोगी र मार्ग निर्देशक बन्न पुग्दछ । नत्र त सबैले एउटै–एउटै साहित्यको अनुशरण गर्दथे होला । साहित्यमा होडबाजी हुन्छ, लडाई हुन्छ, क्रिया हुन्छ, प्रतिक्रिया हुन्छ । त्यहाँ सँघर्षहुन्छ, बिद्रोह हुन्छ । तर कहिले कहिं साहित्यमा मेलमिलाप पनि हुन्छ । जहाँ साझासवालहरू हुन्छन् एउटा बिन्दुमा आएर रोकिन्छन् । फेरी त्यहाँ शंका, उपशंकाका नयाँ अंकुरणहरू पैदा हुन थाल्दछन् । फेरी शुद्धीकरण हुन थाल्दछ । समाज परिबर्तनमा भौतिक पूर्वाधारहरू हुँदा हुँदै पनि हुन नसक्नुमा त्यो समाजको रूपान्तरण र त्यसका सम्भाब्यता औंल्याउन नसक्नु हो । त्यसैले साहित्यले ति बिषयहरूलाई उठाईदिन सक्नुपर्दछ । त्यसको चेतना दिनु पर्दछ त्यसको सोंचमा परिबर्तन ल्याईदिनु पर्दछ ।

साहित्य वर्गिय चिन्तनमा गएन भने त्यो साहित्य लंगडो हुन्छ । आखिर कुन वर्गका लागि त्यसले महत्व राख्दछ, त्यसैमा भर पर्दछ । तर कहिले काहिं साहित्य सामाजिक मात्रै पनि भईदिन्छ, जुन अभियानमा सबैका साझा स्वार्थको घर बनेको हुन्छ र त्यो प्राप्तिका लागि सबै वर्ग एउटै बाटोमा जुट्छन्, खट्छन् र परिणाम मुखि बनाएर देखाउँछन् ।

साहित्य बिज्ञान हो, जहाँ परिबर्तनका सपनाहरूको माला बनाइन्छ । त्यस्तै साहित्य खोज हो र साहित्य अनुसन्धान हो । साहित्य संस्कृति पनि हो, साहित्य संस्कार पनि हो, साहित्य शालीन र सहनशील पनि हो । तर जहाँ पनि जहिले पनि साहित्य शालीन रसहनशील हुँदैन सबिद्रोही र जुझारू पनि हुन्छ । त्यसैले त साहित्य अन्तमा वर्गिय हुन्छ ।

हामीले चलाउने कलमको मसी पनि वर्गिय छ, त्यही मसीले कसैको हातमा पर्दाकुलिन वर्गलाई सेवा गर्दछ, त्यही मसी जसले कसैको हातमा पर्दा श्रमजिवी वर्गको सेवा गर्दछ । एउटा साहित्यकारले श्रृजना गरेको बिचारले अल्पसंख्यकको सेवा गर्दछ वा बहुसंख्यकको भन्ने कुरा उसको साहित्यमा प्रबाह गरेको बिचारले थाहा लाग्दछ । तर त्यो साहित्य जसका लागि उपयुक्त छ उसैले मात्र त्यसको अनुशरण गर्दछ ।

एउटा पसिना बगाउने किसानको ब्यथा भनौं या एउटा उद्योगपति या पूँजीपतिको ब्यथा भनौं, ब्यथा अलग अलग प्रकारको हुन्छ । त्यही मान्छे श्रम बेच्ने हुन्छ या त्यही मान्छे श्रमकिन्ने हुन्छ त्यो पनि उ भित्रको सोंचमा परिबर्तन गराउने काम साहित्यले गरेको पाइन्छ ।
साहित्यमा रस र रंग मिसियो भने त्यसमा स्वाद पनि फरक हुन्छ ।जुन रसका लागिमान्छेले त्यो साहित्य श्रृजना गर्दछ त्यसको रंग पनि त्यही अनुरूपको हुन सक्नुपर्दछ ।रसिलो साहित्यमा स्वाद पनि मिठो हुन्छ ।जस्तै उदाहरणका लागि हामीले खाना खाँदापनि कुनै खाना रसिलो र आकर्षक छ भने मनले पहिले नै मिठो कल्पना साहित्यमा रस र रंग मिसियो भने त्यसमा स्वाद पनि फरक हुन्छ ।जुन रसका लागिमान्छेले त्यो साहित्य श्रृजना गर्दछ त्यसको रंग पनि त्यही अनुरूपको हुन सक्नुपर्दछ ।रसिलो साहित्यमा स्वाद पनि मिठो हुन्छ ।जस्तै उदाहरणका लागि हामीले खाना खाँदापनि कुनै खाना रसिलो र आकर्षक छ भने मनले पहिले नै मिठो कल्पना गरिसकेको हुन्छ रखाने बेलामा त्यो अझै स्वादिष्ट हुन पुग्दछ ।त्यस्तै देख्दा नै आँखालाई आकर्षक लागेनभने त्यसको स्वादको अनुभूति पनि कम हुन जान्छ, चाहे त्यो मिठो नै होस् । त्यसैले साहित्य पनि त्यही हो जसको सेवनले उसमा स्वाद भरिदिएको हुन्छ । त्यो स्वाद पनि ब्यक्ति पिच्छे फरक फरक हुन्छ । त्यसैले त्यो स्वाद कसका लागि उपयुक्त र कसका लागि अनुपयुक्त भन्ने कुरा नै साहित्यको वर्गियपना हो, वर्गिय चरित्र हो ।

यसर्थ एउटा कलम बीर जसको सोंचका आधारमा साहित्य श्रृजना गर्न पुग्दछ । त्यही नै साहित्यमा र साहित्यकारमा रहेको वर्गिय चिन्तन हो । तसर्थ हाम्रो साहित्यले संसारका श्रमिकहरूको मुक्तिमा साथ दिन सकोस्, यहि कामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here