सरकार पक्षपाति, धर्म पनि पक्षपाति

0
239
रुकुमका गिरी प्रसाद बुढा लामो समयदेखि दु:खी गरिवहरुको पक्षमा कलम चलाउँछन् । कविता, गजल रचना तथा विभिन्न प्रगतिशिल साहित्य लेखन बुढाको रोजाई हो । उनले समय समयमा विभिन्न कविताहरु फेसबुकको आफ्नो वालमा कविता प्रस्तुत गर्ने पनि गरेका छन् ।
हालै मात्रै उनले फेसबुक मार्फत नेपाली समाजमा भएका अन्धकार, अन्याय, अत्याचारका विरुद्ध एउटा कविता वाचन गरेको भिडियो पोष्ट गरेका छन् । कविताको पहिलो हरफ मै उनले कैयौं मन्दिर र मुर्ति बनायौं फूलपाति भेटी चढायौं, भोकै भक्तिका आलाप लगायौं तर धर्मले धनीहरुको पक्षमा नै काम गरेको बताएका छन् ।
बनायौं मन्दिर र मुर्ति कति–कति 
चढायौं फूलपाति र भेटी अति –अति
भोकै भक्ति गाय पनि 
जति भगवान माने पनि
धन कै पक्षपाति हुन्छन् धर्मजति
त्यस्तै दोश्रो हरफमा उनले देश, समाज निर्माणका लागि हामीले निधारबाट पसिना बगायौं, कैयौं पटक रगत बगायौं, त्यो रगतको पोखरीमा हाहाल खेल्दै टाठाबाठाहरु ठूला ठालू भए तर सर्वधारारणहरुको उन्नती नभएको भन्दै वर्तमान राज्यव्यवस्था माथि बुढाले गतिलो गरी प्रहार गरेका छन् ।
बगायौं पसिना यो निधारबाट अति
बगायौं आजसम्म रगत कति कति
तर टाठाबाठा तिनै 
अघि गए ठालू भए 
हामी सर्वधारणको भएन उन्नती 
हामी सर्वधारणको भएन उन्नती
अझै पनि नेपाली समाजमा देशको माया गर्नेहरु रहेको तथा राष्ट्र र राष्ट्रियताको लागि ज्यान दिन तयार रहनेहरु रहेको कविता मार्फत जोड दिएका छन् । साथसाथै उनले आन्दोलनको नेतृत्व पंतीहरुले पटक पटक धोक दिएको र विदेशीहरुको पक्षमा काम गरेकाले सजग रहन समेत जोड दिएका छन् ।
देशकै माया राखिराखौं भन्छन् जनता जति
परि आए ज्यानै दिन्छौं भन्छन् कति कति
तर संधै धोका मात्रै
पायौं हामी नेपालीले 
विदेशी कै पाउ पर्छन् ठूला नेता जति
राजनीतिमा कानुन् कैयौं पटक फेरिए, सत्ताधारीहरु फेरिए तर दु:खी गरिबहरुको अवस्था नफेरिएकोमा बुढा अत्यन्तै चिन्तीत छन् । सरकार पक्षपाति, धर्म पक्षपाति यो सबैको समस्या रहिरहेसम्म गरिखाने वर्गले मुक्ति नपाउने घुमाउरो प्रकारले बुढाले प्रस्तुत गरेका छन् ।
फेरीए राजनीतिमा कानुन् कति कति
फेरीए शासन गर्ने सत्ताधारी अति 
तर हामी दु:खी उस्तै 
गरिबी र पिडा उस्तै 
धनी कै पक्षपाती हुन्छन् सरकार जति
धनी कै पक्षपाती हुन्छन् धर्म जति
हामी सर्वधारणको भएन उन्नती 
हामी सर्वधारणको भएन उन्नती 
धनी कै पक्षपाती हुन्छन् सरकार जति
धनी कै पक्षपाती हुन्छन् सरकार जति


प्रगतिशिल साहित्य रचना तथा गरिखाने वर्गहरुको आवाज र समाचारका लागि emissionkhabar.com
https://www.youtube.com/watch?v=3As-L4O96ME&feature=youtu.be

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here