सम्मेलन

0
123

दिपक पौडेल, रुपन्देही

रोदनहरु संगालेर
आक्रोसहरु बटुलेर
महाँ सम्मेलन गर्नुछ ।
आँशुको पोखरीमा
आगोको मुस्लो झोसेर
सम्मेलन उद्घाटन हुनेछ ।
हेपिएका दलितहरु
लुटुएका महिलाहरु
न्यायको भिख माग्दै हिडेका मगन्तेहरु
सम्मेलनका आयोजक हुनेछन् ।
साहुको बारि जोत्ने हली
सम्मेलनको संचालक हुनेछ।
दुखैदुखले पिल्सिएकि आमाले
सम्मेलनको अध्यक्षता गर्नेछिन ।
बिदेसीएका युवाहरुले
बाकसमा फर्किएका लासहरुले
सम्मेलनमा सम्बोधन गर्नेछन् ।
सम्मेलनमा सहभागी कामदारहरुले
देश र जनता प्रति गद्दारी नगर्ने प्रण गर्नेछन्
महाँ समरको घोषणा हुनेछ
न्याय र समानताको निम्ति
क्रान्तिको आगो बल्नेछ।
सम्मेलन समापन हुनेछ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here