सत्तामा आसिन राजनीतिक पार्टीहरुमाथि तिखो प्रहार

0
274

मेरो देश ठेकेदार माफिया र बिदेशी शक्तीले संचालन गरेको छ । कुनै यस्तो एउटा ठाउँ छैन जहाँ हेरेर सन्तोष मिलोस् । बाटो घाटो खत्तम, गाडी खत्तम, जनताको जीवन स्तर पिडादायी ।
२०४६ साल पछी बनेको कृष्ण प्रसाद भट्टराईको मंत्रीमन्डलमा गृहमन्त्रायल सम्हालेका गृहमन्त्री जिले कम्पनीले २० बर्ष अघी बन्द गरेको बिदेशी गाडी किनेर बिबादित बनेका तत्कालिन मालेका नेतादेखि कथित जनयुद्धको नाइकेसम्म र आफुलाई लोकतन्त्रको दुहाई दिएर नथाक्ने काँग्रेसको कारण यो मुलुक उठ्न नसक्ने गरी तवाही बनाय । २०४६ सालमा नेपाल च्ल्ब्ऋ यानी कि शाही नेपाल वायुसेवा निगमसँग ७ वटा जेट बिमान थिए, कहाँ गय ? गिरिजाले एउटा बिमान आफ्नी छोरी ज्वाँईलाई दाईजो दिएर एक जहाज पाटपुर्जासम्म उतै पठाए । धमिजा काण्डबाट प्रख्यात लाउडा काण्ड गिरिजा प्रसाद कोइरालाका काला कर्तुत भित्र कम्यूनिष्टको खोल ओढेका आजका सत्ताधारीहरु कोही दुधले नुहाएका छैनन् ।

यिनिहरु आफ्नो अशक्षेमता लुकाउन नयाँ–नयाँ समस्याहरु उत्पादन गर्दै जान्छन् । कहिले राजातन्त्रले बिकास गर्न दिएन भने कहिले कांग्रेसको नाम लिदै फरक देखाउने ध्यउन्नामा लागेका एमाले माओवादीहरु पनि उही लुटतन्त्र मै रमाउन लाग्दा जनताको भरोसा टुट्नु स्वाभाबिक नै हो ।

एक दिन टि.भी हेर्दाइ थिएँ । बाटो बनाउने ठेक्का लिएर ५बर्षदेखी अलपत्र पार्ने कम्पनीको बारेमा पत्रकारले प्रश्न गर्दा भर्खरैको १३–१४ बर्षको बालकले यो बाटो नबन्नुको कारण के होला ? भन्दा नेताहरु कै कारण हो भनेको सुने । अब त अती भयो लाज सरम गर । ब्यापारीहरुको धन्दा बनाएर राजनीतिको जामा पहिनाउन बन्द गर । आज पनि त्यो जहाजलाई जर्मनीमा छोडेर आउने बिमान चालक ज्युदै छन् ।

के नेपाली जनताले राजतन्त्रको बिरुद्ध तिमीहरुलाई राजा बनाउन आन्दोलन गरेका थिए ? दुनियाँको अघी सुन्य भ्रष्टाचार भन्नेले आफुले गरेको हिंजोको भ्रष्टाचारलाई कसरी धुने ? आफ्ना मंत्रीहरुले बिमान खरिद गर्दा खाएको कमिशनको हिसाब किताब कहाँ देखाउने ? पत्रकारले प्रश्न गर्दा माइक ढाल्ने कि जवाफ दिने ? लडाकुको नामबाट राज्यसँग ठगेको पैसाको हिसाब किताब हुने कि नहुने ? हिजो हात्तीछाप चप्पल लगाएर नेता बनेकाहरु आज करोडौं पर्ने गाडी कहाँबाट ल्यायौ ? अरबौको घर कसरी बनायौ ? आज हामी लाई “अरबका खाडीमा र मलयाका झाडिमा सडाएर” मोज गरिरहने तिम्रो नियत हामीले कहिलेसम्म सहि दिनु पर्ने ?

नेपाली उद्योग खत्तम पार्यौ । नेपाली जहाज खायौ, ट्रली बस पचायौ, नेपाली शिक्षा समाप्त पार्यौ, नेपाली धर्म अतिथी देवोभव बेच्यौ, दाजु भाईको सम्बन्धमा आगो लगायौ, हिमाल पहाड तराइ कोही छैन पराइ हामी सबै नेपाली हौ दाजुभाई भन्ने नेपालीपनमा फाटो ल्यायौ । तर पनि हामीले तिमीहरुलाई नेता मानी दिनु पर्ने ? जातजाति भाषाभाषी बिचमा द्वन्द्वको बिजारोपण गराउने तिमीहरुलाई अब हामीले कुन हैसियतमा नेता मानि दिनु पर्ने ?

२०४७–४८ ताका ८५ को आर्थिक बृदिदर थियो नेपालको । नेपालको प्रगती हुनै लाग्दा निजिकरणको भुत ल्याउने रामशरण महतको पूजा गर्ने काँग्रेस उसैको जुठो पुरो खाने एमाले रा.प्र.पाहरु आज कुन मुखले बिकासको नयाँ फार्मुला पस्किन्छन ? एकातिर आफ्नै पार्टीको दुई बहुमतको सरकार ढाल्ने गिरिजा र अर्को तिर भर्खरै देश प्रजातान्त्रिक ब्यबस्थामा प्रवेश गरेको छोटो समयमा जनयुद्ध नामको खुनी हिंसा गराउने शक्ती एकै हुन भन्ने कुरा प्रयोगशाला भित्र प्रस्ट छ ।

राष्ट्रियतालाई धरापमा पार्ने नेपालको सीमा मिचिदासम्म एक शब्द नखर्चिने नेताहरु कसरी राष्ट्रवादी भए ? जनताले श्रम गरेर पठाएको पैसामा तिम्रो लागि महंगा गाडी महँगो बैदेशिक भ्रमण, यो के कम्मुनिष्ट चरित्र हो ? आज काठमाडौंले पुर्व–पश्चिम हेरेन भनेर संघीयता ल्याइयो । त्यसको आडमा देशको बिखण्डन हुने बातावरण बनाइयो । नेपाली नेपाली बिचको मतभेद जबर्जस्त श्रीजना गरियो । मिलेर बसेका जनतालाई जुधाएर आफ्नो ब्यापार गरियो । कृषि योग्य जमिनको चिराचिरा पार्दै भोकमरिको अवस्थामा नेपाली जनतालाई पुर्याइयो । यसको जिम्मा कसले लिने ? राष्ट्रपती आफ्नै शहर निस्किदा पुर्वराजालाई मात दिने किसिमको किन हुन्छ ? गरीब देशको गरीब जनताका नेताहरुले दुनियाँकै महंगा गाडी किन चढ्नु पर्ने ? कसैसँग जवाफ छ ? जब जनता जाग्नेछन् त्यो दिन तपाईंहरुको के होला अवस्था ? कहिलै सोच्नु भएको छ नेता ज्यूहरु ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here