संघीयता जरैबाट फालौ

0
1140

जुना चालिसे–चंडिगढ

संघीयता जरैबाट फाल्ने हाम्रो चाहाना ।
पचहत्तर साल तिजको शुभकामना ।।

पहिलो स्वागत मंच आसिन अतिथीहरुलाई ।
दोश्रो स्वागत जनमानस यहाहरु सबैलाई ।।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज।
प्रगति र उन्नतिका गित गाउ है आज ।।

ठाउँठाउँमा रहनुहुने दिदी वहिनी दाजुभाई ।
सबै मिली संघीयतालाई खारेज गरौं है ।।

संघीयताले जताततै ल्याउन थाल्यो विकृति ।
नभुलौ है नेपालीजन प्यारो सँस्कृति ।।

हिमाल पहाड़ तराइलाई एकजुट पार्नु छ ।
राष्ट्रियताको रक्षा गर्न कवज बन्नु छ ।।

भोट दियौ तिम्ले उस्लाई मासु, रक्सी पिएर ।
देशै बेच्ने तैयारी छ संघीयता लिएर ।।

चित्र ब केसीजीको कुरा सत्य हँुदैछ ।
हेर जनता संघीयताले देशै रुदै छ ।।

भोट दिंदा दियौ जनता ठुलैपार्टी हेरेर ।
अब तिरै महंगो कर भंैसी वेचेर ।।

शरीरको कपडा वेचि करतिर्ने दिन आउनेछ ।
संघीयताले अझै ठुलो रोग ल्याउने छ ।।

संघीयता फाल्नलाई उठ सारा नेपाली ।
वल्ल देशमा बाच्न सक्छौ शिर उचाली ।।

भष्टाचार र महंगीले जनता सारै रुदै छन् ।
पैसा खाइ भोट दिएका विबश हुँदैछन् ।।

वुझ कुरा उठाउ झण्डा मसाल र राजमोको ।
वल्ल दिन आउनेछ गरिब जनताको ।।

राष्ट्रियता बचाउन उठाउ मसाल र कमल ।
यो गितलाई यहि रोक्छ सबलाई लालसलाम ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here