संघीयता अफसल भएको मुख्यमन्त्रीहरुको मतबाट सावित भइसक्यो : मसाल

0
5602
भदौ २५, काठमाडौं । हालै देशका सातवटै मुख्यमन्त्री वा उनीहरुका प्रतिनिधिहरुको बैठक र त्यो बैठकमा उनीहरुले प्रकट गरेको मतबाट देशमा संघीय संरचना मुख्यत: त्यसको प्रादेशिक संरचना असफल भएको कुरा प्रष्ट भएको छ ।
                 यसै बीच नेपाल कम्यूनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले एक प्रेस विज्ञप्ती जारी गरी देशका कतिपय राजनीतिक प्रश्नहर बारे पार्टीको दृष्टिकोण गर्नुभएको छ । सिंहले विज्ञप्तीमा राष्ट्रिय जनमोर्चाले भ्रष्टाचार, महंगी, कर बृद्धि र संघीयता समेतका विरुद्ध कतिपय जिल्लाहरुमा चलेको आन्दोलनलाई ने.क.पा. (मसाल)ले स्वागत गर्दै ती आन्दोलनहरु सित ऐक्यवद्धता प्रकट गरेको बताउनु भएको छ ।
              कालापानी बारे कतिपय सरकारी निकायहरुबाट प्रकाशित भ्रामक तथा नेपालको सार्वभौमिकता र अखण्डतामा आँच पुग्ने प्रकारका नक्साहरुप्रति मसालको गम्भीर ध्यानआकर्षित भएको विज्ञप्तीमा उल्लेख छ । “कालापानीमा लामो समयदेखि भारतीय सेनाले कब्जा गरेको पृष्ठभूमिमा त्यस प्रकारका नक्साहरुको प्रकाशन नेपालको राष्ट्रियतामा नै आँचपुग्ने उद्देश्यद्वारा निर्देशित तथा विदेशी प्रभावमा नै तयार पारिएको कुराको शंका गर्नका लागि ठाउँ छ । त्यसकारण त्यस प्रकारका कारवाहीहरु बारे उच्चस्तरीय छानवीन गरी दोषिहरुलाई कडा कारवाही गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।”
विज्ञप्तीको पूर्णपाठ:
              यही२०७५ भाद्र २५ गते बसेको ने.क.पा. (मसाल)को केन्द्रीयकार्यालयको बैठकले देशकाकतिपय राजनीतिकप्रश्नहरु बारे आफ्नो दृष्टिकोण स्पष्ट गरेको छ ।
१. राष्ट्रिय जनमोर्चाले भ्रष्टाचार, महंगी, कर बृद्धि र संघीयता समेतका विरुद्ध कतिपय जिल्लाहरुमा चलेको आन्दोलनलाई ने.क.पा. (मसाल)ले स्वागत गर्दै ती आन्दोलनहरु सित हाम्रो ऐक्यवद्धता प्रकट गर्दछ । त्यसका साथै त्यो आन्दोलनलाई अरु व्यापक रुपमा चलाउनु पर्ने आवश्यकतामा पनि हाम्रो पार्टीले जोड दिन्छ ।
हालै सातवटै प्रदेशहरुका मुख्यमन्त्रीहरु वा उनीहरुका प्रतिनिधिहरुको बैठक र त्यो बैठकमा उनीहरुले प्रकट गरेको मतबाट देशमा संघीय संरचना मुख्यत: त्यसको प्रादेशिक संरचना असफल भएको कुरा प्रष्ट भएको छ । त्यो बैठकको छलफलबाट पनि देशमा संघीय संरचना चल्न नसक्ने कुरा प्रष्ट भएको छ । त्यसकारण हाम्रो पार्टीले संघीय संरचना वा त्यसको प्रादेशिक संरचनालाई खारेज गर्नुपर्ने आवश्यकतामा पुन: जोड दिन्छ । वास्तवमा नेपालको स्थितिमा प्रजातान्त्रिक विकेन्द्रियता र स्थानीय स्वायत्त शासन माथि आधारित एकात्मक प्रणाली नै सबै भन्दा उपयुक्त प्रणाली हो र त्यसका लागि देशमा जनमत र आन्दोलनलाई अरु मजबुत पार्नु पर्ने आवश्यकतामा पनि हाम्रो पार्टीले जोड दिन्छ ।
२. कालापानी बारे कतिपय सरकारी निकायहरुबाट प्रकाशित भ्रामक तथा नेपालको सार्वभौमिकता र अखण्डतामा आँच पुग्ने प्रकारका नक्साहरु प्रति हाम्रो पार्टीको गम्भीर ध्यानआकर्षित भएको छ । कालापानीमा लामो समयदेखि भारतीय सेनाले कब्जा गरेको पृष्ठभूमिमा त्यस प्रकारका नक्साहरुको प्रकाशन नेपालको राष्ट्रियतामा नै आँचपुग्ने उद्देश्यद्वारा निर्देशित तथा विदेशी प्रभावमा नै तयार पारिएको कुराको शंका गर्नका लागि ठाउँ छ । त्यसकारण त्यस प्रकारका कारवाहीहरु बारे उच्चस्तरीय छानवीन गरी दोषिहरुलाई कडा कारवाही गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।
३. विमेस्टिकको संयुक्त सैनिक अभ्यासलाई खारेज गर्ने सरकारको निर्णयलाई हाम्रो पार्टीले स्वागत गर्दछ । तर त्यस प्रकारको संयुक्त सैनिक अभ्यासको अवधारणाले सार्कलाई निष्क्रिय पारेर विमेस्टिकलाई सक्रिय पार्न प्रयत्न गर्नुका पछाडि भारतीय विस्तारवादको यो क्षेत्रमा आफ्नो प्रभूत्व कायम गर्ने उद्देश्यले नै काम गरेको कुरा बुझ्न गाह्रो पर्दैन । भारतीय विस्तारवादको त्यस प्रकारको विस्तारवादी उद्देश्यप्रति कडा र उच्चस्तरको सतर्कता अपनाउनु पर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।
४. हालै चीन सितभएको यातायात र पारवहन सम्बन्धी सहमतिलाई हाम्रो पार्टीले स्वागत गर्दछ । त्यस प्रकारको सहमतिबाट भारत माथिको एकतर्फी निर्भरताकम गर्न र नेपालका लागि वैकल्पिक मार्गहरुको सुविधा प्राप्त गर्न मद्दत पुग्नेछ भन्ने हाम्रो विश्वास छ । निश्चय नै भौगोलिक दुरी र दुर्गमताका कारणले चीन सित भएको त्यस प्रकारको सहमतिलाई कार्यान्वयन गर्न सजिलो हुने छैन । त्यो बाहेक भारतीय विस्तारवादको दवाव र प्रशासन भित्र भएको भारतीय घुसपैठले पनि त्यो सहमतिलाई कार्यान्वयन गर्न धेरै नै बाधा पुग्ने देखिन्छ । तै पनि त्यो सहमति नेपालको राष्ट्रिय आवश्यकता अनुरुप छ र त्यसलाई प्रभावशाली प्रकारले कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।
मिति : २०७५भाद्र२६गते
………………..
मोहनविक्रम सिंह
महामन्त्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here