निर्मला पन्तको हत्यारालाई फाँसी दे फाँसी दे’ र्याप गीत सार्वजनिक (भिडियो)

0
452

भरत पौडेल, नयाँ दिल्ली । पछिल्लो समय बलात्कारका घटनाहरु बढ्दै गएका छन् । लुटमार, हत्या, हिंसा, बलात्कार जस्ता घटनाहरू दिन प्रतिदिन बढदै छन् । कञ्चनपुरमा हालै १३ वर्षकी बालिका निर्मला पन्त बलात्कारको सिकार मात्र भइनन् उनको हत्यासम्म भयो ।

यो घटनाले नेपाल र नेपालीको छवि विश्वभरि नै धुमिल्याएको छ । घटनाले प्रवासी नेपालीमा समेत आक्रोशको भावना उत्पन्न गराएको छ । घटनाको सत्यतथ्य छानविन होस् भन्दै विभिन्न पक्षबाट सरकारमाथि दबाब परेपनि पीडितले अझै न्याय पाएका छैनन् ।

बालिका बलात्कारी एवं हत्याका घटनामा संलग्नलाई फाँसीको माग गर्दै पछिल्लो समय र्याप गीत सार्वजनिक भएको छ। र्यापर महादेव पाण्डेले यो गीतको सिर्जना गरेका हुन् । महादेव पाण्डेको शब्द संगीत, र्यापर महेश बाबु र निरूता खत्रीको स्वरमा सजिएको गीत बोल फाँसी दे फाँसी दे गीत निर्मला पन्त बहिनीप्रति भावपूर्ण श्रदाञ्जली दिनको लागि बनाइएको गीत समेत बताइएको छ ।

प्रतिभाका धनी गुल्मी जिल्ला निवासी लोकपप र्यापर गायक महादेव पाण्डेको जनचेतनामूलक गीत युट्युबमा सुन्न सकिन्छ । पछिल्लो समय दिल्लीमा हुने साँस्कृतिक कार्यक्रममा पाण्डेयले निरन्तर रुपमा आफ्नो प्रस्तुति दिदै आईरहेका छन् ।

पाण्डेयको र्याप संगीत युवा वर्गलाई लक्षितगरि समाजमा भएका घटना र समाजलाई सन्देश दिने खाले रहेको छ । सांगितिक क्षेत्रमा अहिले उनका चार वटा गीत डेन्जर केटी, केटीएममा, डिम्पल पर्ने गाला, बर्बाद जिन्दगी जस्ता गीत बजारमा आइसकेका छन् ।
भिडियो हेर्नुहो :

https://youtu.be/TYLEzNnGd2o

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here