विश्व सम्पदामा नसमेटिएको सिञ्जा

0
608
  • पदम प्रसाद आचार्य

कर्णाली प्रदेशको इतिहास हेर्ने हो भने इशाको बाह्रौँ शताब्दीतिर तिब्बतको खारी प्रदेशबाट आएका नागराजाले कर्णाली प्रदेशमा स्वतन्त्र खस राज्य स्थापना गरेको किंवदन्ती अनुसार मानिन्छ । अर्को सन्दर्भमा नेपालको पहाडी क्षेत्रमा बसोबास गर्न आर्य मूलका मानिस कुमाउँ, गढवालतिरबाट लागेको मानिन्छ । खारी क्षेत्रबाट आएर शासन गरेको हुनाले उनको शासन क्षेत्रलाई खसान भनियो भन्ने मत स्वाभाविक लाग्छ ।

नेपाली भाषाको उत्पत्ति स्थल मानिने जुम्ला जिल्लाको सिञ्जा क्षेत्रको इतिहासलाई हेर्ने हो भने प्राचीन कालमा खस राजाहरुको विशाल साम्राज्य भएको भूमि थियो । तिनै भूमिमा खस शासकहरुले नेपाली भाषालाई औपचारिक राजकीय भाषाको रूपमा प्रयोग गरेका थिए । उक्त कर्णाली खस मल्ल राजाहरुको स्थिति कमजोर भएको मौकामा जुम्ला क्षेत्रलाई मलै बम्मले आफ्नो अधिनमा लिए । नियालिएर हेर्दा मलै बम्म पछि उनी नि:सन्तान भएकाले उनका ज्वाइँ बलिराज जुल्लाका राजा भए । ईशाको एघारौँ शताब्दीमा खस राजा नागराजले सिञ्जा साम्राज्य स्थापना गरेका थिए । भारतको कश्मिरबाट कुमाउँ, गढवाल हुँदै उत्तरतिर हिडेका खसहरुले तत्कालीन तिब्बतको राजनैतिक अस्थिरताबाट लाभ लिदै कूटनीतिक चालमा आफू सफल नागराजलाई राजा बनाएका थिए । त्यति बेलाकै हाल जुम्ला जिल्लामा पर्ने सिञ्जा खसहरुको राजधानी बनेको थियो । नागराजको मृत्युपछि उनका छोरा चाँप सिञ्जाका राजा भए । त्यसपछि क्रमश: चापिल्ल, काशी चल्ल, क्राधिचल्ल, क्राचल्ल, अशोक चल्लले सिञ्जा साम्राज्यको शासन गरे । अशोक मल्लको देहावसानपछि जितारी चल्ल गद्दीमा बसे । उनले आफ्नो नामका अगाडि मल्ल लेख्न सुरु गरे । त्यति बेला सिञ्जा राज्य निकै शक्तिशाली थियो । जितारी मल्लले काठमाडाँै उपत्यकामा तीन पटक हमला गरेका थिए । उनले पहिलो पटक हमला गर्दा काठमाडाँैमा अनन्त मल्लले राज्य गर्दथे ।

यसरी कर्णाली प्रदेशको सिञ्जामा जितारी मल्लपछि यिनका भाइ रिपु मल्ल राजा थिए । त्यसपछि क्रमश: आदित्य मल्ल, पप्प मल्ल, पृथ्वी मल्ल र अभय मल्लले सिञ्जा साम्राज्यको शासन गरे । अभय मल्ल १४३४ देखि १४४० बीचमा राजा भएको अनुमान छ । यिनका पालामा बर्मा थर भएका भारदाहरु निकै शक्तिशाली थिए । यिनै बर्मामध्येका मलै बर्माले राजा अभय मल्ललाई अपदस्त गरी आफू राजा भएका थिए । त्यस अघि यो साम्राज्य निकै शक्तिशाली, एकीकृत र सुदृढ रहेको बुझिन्छ ।

इतिहासलाई हेर्दा खस मल्ल राजाको पतनपछि राजा बनेका मलै बर्माले आफ्नो राजधानी हालको कालीकोट जिल्लामा पर्ने खाँडाचक्रमा बनाए । यिनकी छोरी माल्ला देवीसँग जुम्ला कालेगाउँका सामन्त उत्तम राजाका छोरा बलिराजको विवाह भयो । मलै बर्माले उक्त काले गाउँ र जुम्ला क्षेत्र बलिराजालाई दान अंशस्वरूप प्रदान गरे । केही समयसम्म बलिराजा र उनका जेठान मेदिनी बर्माले जुम्लामा संयुक्त शासन गरे । मेदिनी बर्माको मृत्युपछि उनी नि:सन्तान भएकाले बलिराज जुम्लाका शासक भए । त्यस बेला यिनी जुम्लाका प्रभावशाली शासक थिए । १५०२ मा बलिराज शाहीको मृत्युपछि उनका छोरा बप्सराज जुम्लाको राजगद्दीमा बसे । त्यसपछि क्रमश: विनय राज, विशेष राज, विबोष राज, मणिराज, भानराज (भान शाही), सलेम शाही, विक्रम शाही, बहादुर शाही, वीरभद्र शाही, पृथ्वीपति शाही, सुरथ शाही, सुर्दशन शाही र सूर्यमान शाही जुम्ला राज्यका राजा भएका देखिन्छन ।

सूर्यमान शाही जुम्ला राज्यका अन्तिम राजा हुन् । गोरखाका राजा पृथ्वी नारायण शाहको १८०१ बाट एकीकरण अभियानको थालनी सुरु गरिसकेका थिए । सूर्यमान शाहीले जुम्लाको राजगद्दी समाल्ने बेलासम्म गोरखा राज्य शक्तिशाली भई सकेकाले बाइसे/चौबिसे राज्य र काठमाडौँ उपत्यकाका तीन राज्यहरु जिती सकेपछि गोर्खाली फौज बाइसे राज्य हान्ने अभियानमा बढी रहेको थियो । यसै क्रममा १८४१ आश्विन ३ गते गोर्खाली फौज जुम्लातिर बढ्नुभन्दा पहिले विभिन्न राज्यहरुमा दशैँ–तिहारसम्म थप बढी सेनालाई विद्या दिने नियम बनाएर बनाएको पाइन्छ । त्यसपछि जुम्लाका तत्कालीन राजा सूर्यमान शाहीको कमजोरीले छिमेकी राज्यले पृथ्वी नारायण शाहसँग केही साटकाट गर्न आदान प्रदान हुँदा उक्त राज्यमा सेनालाई विद्या दिने रणनीति गर्दा सूर्यमान शाहीले पनि दशँै–तिहारमा विद्या दिन बाध्य हुनु पर्‍यो । यही मौका छोपेर युद्ध गर्ने केन्द्रीय रणनीति भएको थियो, तर त्यति बेला प्रधानमन्त्री एवं सेनानायक शोभान शाही योग्य चतुर र कुशल थिए । इतिहासकारहरुले यी शोभान शाही सूर्यमान शाहीको काका भएको अनुमान गरेका छन् ।

यसरी उक्त सेनाले दशैँ–तिहारको मौका छोपी सिञ्जाको राजदरबारमा हमला गर्न पुगेको र उक्त हमलामा गोर्खाली फौजलाई सो राज्यका एक देखि १२ वर्षकालाई त्यहीँ राज्यमा छोड्ने, १२ देखि २५ वर्षका जनतालाई काट्ने, अन्य उमेरकालाई केही राज्य निकाला गर्ने र केही केन्द्रीय फौजसँग लिने नीतिका साथ रण बहादुर शाहले सिञ्जाको इतिहासको नेपाली भाषाको दस्तावेज सम्पूर्ण केन्द्रमा लिई त्यस राज्यको निशाना तोड्दै उनी युद्ध गर्न सफल भएको कूटनीति पाराले गोर्खाली उनको शासनको नाममा उनका काका बहादुर चलाएका थिए । यिनै बहादुर शाहको शासन कालमा १८४३ मा जुम्ला राज्य नेपालमा एकीकृत गरिएको थियो भने हाल आएर एक्काइसौँ शताब्दीमा पनि जुम्ला शासित अवस्थामा नै रहन सक्ने अनुभूति गरिन्छ कि ?

कर्णालीका जनताले १२ फाल्गुनमा कर्णाली प्रदेशको नामाकरण पाएका छन् तर उक्त प्रदेशका मुख्यमन्त्री, मन्त्री र सभामुखले पृथ्वी नारायण शाहको जस्तो एकीकरण अभियान इतिहासलाई तन्काएर थाती राखेर त्यहाँको इतिहासलाई छेकथुन गरेर नामलाई मात्र अब्बल पारेर कर्णाली प्रदेशको खास उद्देश्य र तथ्य, अनि कुन कारणले नामाकरण गरियो ? त्यसको मर्मको भाव नबुझी विकासका बाटाहरु कुण्ठित गरेको त्यहाँको इतिहासका पाइलाहरुले कर्णाली प्रदेशको नामलाई सराप्ने हुन सक्छ । त्यसैले त्यहाँको ऐतिहासिक तथ्य ११५० देखि १३७६ (२२३ वर्ष) सम्म सिञ्जा राज्य व्यवस्थित किसिमले चलेको पाइन्छ । सो समयमा सिञ्जाका जलन्धर राजाको लहडी स्वभावले सिञ्जा राज्य टुक्रिएर बाइसे राज्यको सल्यान, मालनेटा, पलाबाङ, गुमोकोट, मुसिकोट, दाङ, छिल्ली, जाजरकोट, जाहारी, रोल्पा, बाँकी, दुल्लु, दैलेख, गौतम, अछाम, बकिकोट, मुसिकोट, दना, बझाङ, बाजुरा, थलहरा थिए भने सिञ्जा सबल राज्य हुँदा गर्मी याममा सिञ्जा र जाडो याममा दुल्लुमा राजधानी बनाइन्थ्यो भन्ने इतिहास पाइन्छ । उक्त राज्यका जितारी मल्ल, अशोक मल्ल, बलिराजा जस्ता प्रतापी राजा थिए । सिञ्जा खस साम्राज्यको अन्तिम राजा जलन्धर रहेको बताइन्छ ।

यसरी विभिन्न इतिहास हुँदा हँुदै पनि कर्णाली प्रदेशको राजधानी सुर्खेत राखिएता पनि जुम्लालाई मौसमी राज्य नहुँदा त्यहाँको नेपाली भाषा, जसलाई पुरानो जमानामा खस भाषा वा खस कुरा भनेर सो उत्पति स्थलका रूपमा सिञ्जा चिनिन्छ भने पौराणिक कालको पाण्डव र कौरवको युद्धमा युद्धस्थल हो भनेर त्यहाँको शिलालेख र नामाकरणले अङ्कित गरिएको पनि पाइन्छ । यसरी विभिन्न युद्धकालदेखि लिएर इतिहाससम्म बोकेको सिञ्जामा मौसमी राज्य बनाउन केही आपत्ति नपर्ने र कर्णाली राज्यको नामाकरण सहित नामाकरणको पनि औचित्य बहन हुने भएकाले सो क्षेत्रमा विकासी मूल धाराका साथ मौसमी राज्यको स्थापना गर्दा पुरानो इतिहासको भाव र मर्मलाई विश्व सम्पदायले पनि गौरवमान बनाउन सक्छ कि भन्ने कर्णाली प्रदेशको एउटा उद्भास बन्न सकिने अब्बल प्रकट भाव व्यक्त आउन सक्ने कर्णाली प्रदेशको नाम ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here