विदा चाहियाे रे !

0
271

प्रेमसागर पौडेल

बजार पिटेकै कुरा भएकाेले पृष्ठभुमि बताउन नपर्ला । सरकारले २/४ दिन विदा घटाएकाे मात्र के थियाे, पाखुरा सुर्किने र तिघ्रा ठटाउनेकाे विगविगि देख्न पाईएकाे छ !

मैले यी दुबैथरि नाैटङ्किलाई राम्राे मान्दिन । याे देशमा जागिर खानेहरु कति छन् र ? अाखिर तिनै जागिर खानेलाई हेरेर तिनकाे अावश्यकता र अनुकुलमा विदा दिनु पर्ने ?

संस्थागतरुपले अनेकन व्यानर र “अादर्श !” टासेर बहस जमेकै छ । संसारका अन्य देशहरुका परम्पराबारे थाेरै धेरै जानकारि पनि छ । म त्यता जान चाहिन । यहिले चलेकाे “विदावाद काे अान्दोलन” समक्ष मेरा केही सवाल छन् जवाफ पाउँ त ।

१. याे देशका लाखाै तल्लाे स्तरकाे असंगठित भनिने क्षेत्रमा काम गर्ने मजदुर-किसान-श्रमिकहरुलाई तलवसहित बिदाकाे व्यवस्था गर्न कुनै दिन पाखुरा सुर्केकाे, तिघ्रा ठटाएकाे त देखिन्न त ?

२. विदाकाे नाममा राष्ट्रपति/प्रधानमन्त्री देखि “पियन”सम्म बिनाकाम राज्यकाेषबाट कराेडाै रुपिया हरेक दिन खल्तिमा हालिन्छ, काम गर्दाकाे दिन अाफुले राज्यबाट पैसा पाईरहेकाले काम नगर्दाकाे दिनकाे पैसा/तलव नलिने र साे बरावरकाे रकम उल्लेखित जनसाधारणले पाउने व्यवस्था मिलाउनु पर्छ भनेर कुनै मनुवाले मुख उक्काएकाे सुनिदैनत ?

३. राज्यकाे काेषबाट तलव खानेले घडिकाे सुई हेरेर अफिस पुगिदिए हुने हिडिदिए हुने, अँ, राज्यकाेषबाट कुनै रकम सेवा सुविधा नपाउनेहरुले १८ घण्टा बढि काममा घाेटिनैपर्ने वाध्यता ताेड्नु पर्छ भनेर पाखुरा सुर्किने त कतै देखिदैन त ?

४. जागिरवालालाई चाडपर्व पिच्छे छुट्टि चाहिने, अफिस नगईदिए हुने, ताला झुण्डाईदिए हुने; ए मनुवाहरु हामी पशु पङ्छिपालक किसानलाई विदा नचाहिने ? हामिले पनि पशु-पङ्छिकाे मुखमा ताला लगाउने ? खाेर-गाेठ बन्द गरेर हिड्ने ? बताउन के दिन्छाै हामिलाई विकल्प ?

यदि सामान्य बुद्दिले चलेकाे “लाेककल्याणकारि” सरकार (राज्य) र त्यस अनुरुपकाे मानसिकता भएका तलवे/ जागिरे मनुवा हुन्थे भने यस्ताे लज्जास्पद कुराकाे वकालत गर्दैनथे हाेला ।

प्रति हप्ता/ महिना कति दिन विदा चाहिने हाे सबैलाई त्यतिदिन बिदाकाे व्यवस्था गर । फलानाे र ढिस्कानाे चाड र पर्वका नाममा कसैमाथि विभेद नहुने गरि सम्पुर्ण विदा कटाैति गर । जसलाई जुन चाड-पर्व मनाउन मन लाग्छ त्यहि मनाअाेस्, त्यति दिनै मनाअाेस्; हामिलाई कुनै गुनासाे र टिप्पणी छैन/ हुदैन । छु्टि लिएर, विदा लिएर गएर मनाअाेस्- छाेरा-छाेरिकाे बिहे मनाउँदा जस्तै; म्यारिज एनिभर्सरि मनाउँदा जस्तै … !

छ, हिम्मत ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here