विचार

0
289

– मनु वि.क.

प्रकृतिसँगको अनगिन्ती सङ्घर्षपछि
हिंस्रक जन्तुहरुसँगको अथाह जुधाइपछि
परिश्रमको अनेकौा भोगाइपछि
मान्छेले जन्माउँछ एउटा विचार
सम्झिएर बसी रहन्छ जीवनभरि
जुन मस्तिष्कको एउटा कुनामा सङ्ग्रहित भई
रगतका कणकणमा बगिरहन्छ
विचार एक अनिकालको बिउ जस्तै हो
बिउ उम्रन्छ बारीमा
बिरु सप्रन्छ मलिलो माटोहरुमा
बिउले फल दिन्छ जीवनभरिलाई
विचारले बचाउँछ सधौभरिलाई
विचार फूल जस्तै वासनादार हुन्छ
विचार मूल जस्तै जीवनदार हुन्छ
विचार एउटा घाम जस्तै हो
विचार अँध्यारोको जुन जस्तै हो
विचारले हात र गोडाहरु चलाउँछ र हिाडाउँछ ।
विचार जीवनको आँखा हो
जसले जीवनसँगै संसार देखाउँछ
विचार युगको भाका हो
जुन मुटुमै गुञ्जित हुन्छ
विचार आशा र भरोसाको केन्द्र हो
जसले योद्धालाई आशा र धैर्यता दिन्छ
त्यो भन्दा ठुलो के छ र ?
ज्वारहरुसँगको जुधाइमा ?
समाजमा विचार मान्छेकै हुन्छ
विचारले दिएको होइन त सुनौलो सिर्जना ?
विचारकै बलमा गुडिरहेको छैन त युगको पाङ्ग्रा ?
विचारलाई जन्माउन हुर्काउन सजिलो छ र ?
यसलाई जोगाउन के गर्नु परेन मान्छेले ?
त्यसै तोरीबाट तेल निस्कन्छ र ?
कति श्रम, सिप लगाएर पेल्नु पर्छ ?
मरुभूमि रुख हुर्काउन जस्तै अप्ठ्यारो छ
विचारलाई हुर्काउन
विचारलाई जोगाउन होइन त ?
सुकरातले हेमलक पिएको
विचारलाई हुर्काउन होइन त ?
ग्यालिलियो ग्यालिलीले
जेल कोचिनु परेको, त्यसै हो र ?
विचारले नै होइन त सहिद बन्नु परेको ?
विचारकै रक्षा गर्न होइन त
माक्र्सले देश निकालिनु परेको ?
जे भोगे पनि जीवनमा महान् त विचार नै हो
विचार बिनाको मान्छे हुन्न
विचार सहितको हुन्छ
विचार बिनाको मान्छे साँच्चै मुढो जस्तै हुन्छ
जता पल्टाए पनि पल्टिने
जता लोटाए पनि लोटिने
विचार सहित नै बाँचोस् मान्छे
चाहे मृत्यु नै आए पनि ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here