वदलियौं साथी, तिमी बदलियौ

0
360
  • लालबहादुर जाग्री

एउटै उद्देश्य लक्ष्य बोकेर हिड्नेहरु
आज तिम्रो उद्देश्य लक्ष्य वदलियो

आस्था र विश्वास मात्र वदलिएन
इमान, निष्ठा र नैतिकता पनि वदलियो।

नेल हत्कडी जेलले नवदलिएको आस्था
सुख, सैल, सुरा–सुन्दरी र डलरले वदलियो।

तिमि वदलिए पनि, मेरो वर्ग फेरिएको छैन
वर्गहरु वदलिए पछि मात्र म वदलिने छु।

तिमि आफु र परिवारका बारे सोंच्छौ
म मेरो वर्ग र राष्टको वारेमा सोंच्छु ।

तिम्रो प्रिय चिज, मेरो घृणाको वस्तु हुन्छ
तिम्रो सँगत समाज भिन्न, मेरो भिन्न छ ।

यसैले त तिमि र म मात्र छैनौं
यसका मुख्य कारक माक्र्स हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here