जीवन शर्मा भन्छन्ः– एउटा भ्रष्टचारीले अर्को भ्रष्टचारीलाई कारवाही गर्न सक्दैन 

0
3843
ऋषी धमला र जीवन शर्मा बीचको राजनीतिक सम्बाद
  • हिंंजोको कार्यक्रमको मूल उदेश्य के थियो ?
–मूल उदेश्य खबरदारी थियो । अब नेपाली जनताहरुको एउटा चाहना, इच्छा र नेपालको भविष्यको विषयमा नेतादेखि लिएर कार्यकर्तासम्म सर्वसाधारण जनतासम्मलाई सचेत गराउने, स्थितिलाई सुशिक्षित गराउने र गल्ति नगर भनेर खबरदारी गर्ने एउटा अभिप्राय थियो ।
हिंजो तपाईले कुन गितद्वारा खबरदारी गर्नु भयो ?
– कालो धन थुपारेर ढल्की हिंड्नु भन्दा,
हजो जोत्नु गिटी कुट्नु होला राम्रो धन्दा ।
होला बरु झोपडीमा भोकै सुत्नु राम्रो
वितोस बरु जिन्दगी पसिना मै हाम्रो ।
चहिंदैन मलाई शिशाको महल,
चहिंदैन मलाई चमेलीको बास
यसै राम्रो छ यो मेरो जीवन,
चाहिंदैन सम्पत्तीको राश
भनेर मन्त्रीहरुलाई किलिन चिट लिएर फर्क । तिम्रो हातमा कालो धब्बा देख्न नपरोस् भनेर सिधै खबरदारी गरियो यो गीतबाट ।
  • हैन तपाइले खबरदारी गर्न भयो, तर मन्त्रीहरुको कार्यशैलीलाई लिएर अहिले विरोध भैरहेका छन् । मन्त्रीहरु काण्डैकाण्डमा मुछिन थालेका छन्, भ्रष्टचारको काण्डहरु सार्वजनिक भएको छ पाइले हेर्नु भाको छ राम्रोसँग । भाडा बढेको छ, तेलको मूल्य बृद्धि भएको छ । जताततै चौतर्फी छ नि सरकारको आलोचना भएको छ । प्रचण्ड पनि हुनुहुन्थ्यो, झलनाथ खनाल पनि हुनुहुन्थ्यो होइन ? सबै जना हुनुहुन्थ्यो । अब तपाई भन्नुस् तपाईले गाइरहँदा वहाँहरुको अनुहार कस्तो थियो त ? 
– मैले गीत गाइरहँदा वहाँहरुको अनुहार मिश्रीत प्रकारको थियो । कतिवेला उज्यालो हुन्थ्यो, कति वेला अँध्यारो ।
  • अब अर्को गीत गाउनुस् 
– शिमली छायाँमा बसी भरिया लामो सास फेरेको
उमेर भैसक्यो अस्सि, झन् ठूला दुःखले घेरेको ।
नुन–तेल–लुगा छैन, महंगो राशन
मेरो उमेरभन्दा बुढो सामन्ति शासन
यो व्यवस्था रहुन्जेल पाइन सास फेर्न
मै बुढो नि जान्छु अब सामन्तीलाई घेर्न
उठ है भरिया ज्यामी देश खरानी भैसक्यो
गइसक्यो यो हाम्रो जूनी अब त अबेर भैसक्यो ।
फेरी पनि नेपाली जनताहरु अन्यायमा अत्याचारमा परेका छन् । नुन छैन, तेल छैन, चिनीको मूल्य बढेको छ । तरकारीको मूल्य बढेको छ । यो स्थिति कहिलेसम्म रहने ?
  • तपाइलाई थाहा छ नेकपाको बहुमतको सरकार छ, दुइतिहाई मत प्राप्त गरेको छ तर पनि किन यस्तो भइरहेको छ भन्नुस् त, जीवन शर्मा जी तपाई त जनवादी गीत गाएर नेताहरुलाई अगाडि बढाएर पछि लागेको व्यक्ति हो नि ?
– यो स्थिति आउनुमा धेरै फ्याक्टरहरु छन् जस्तो लाग्छ, एउटै मात्रै कारणले यस्तो भएको हो जस्तो लाग्दैन । तर पनि यो चीजलाई नियन्त्रण गर्न सक्नु पर्दथ्यो, सरकारले भन्ने कुरा हो ।
अब भ्रष्टचारहरुलाई जेल हाल्नु पर्छ भन्ने जनमत छ ?
– जता हेर्यो, त्यतै देख्छु असत्यको खेती
सच्चाईलाई रोक्न खोज्छन् बाटो छेकीछेकी
कहिलेसम्म यो संसारमा झुठले शासन गर्ने ?
सच्चाई र सौन्दर्यालाई अफ्ठ्यारो मै पार्ने ?
चाहिंदैन मलाई भूmठाको बंगला
चाहिंदैन मलाई असत्यको फाँट
यसै राम्रो छ, सच्चाईको बाटो
अदम्य छ मेरो यसमै बढ्ने आँट
नेपाली जनताहरु डट्नु पर्दछ सच्चाइको बाटोमा । जहाँ जसले, जो सुकैले अन्याय गरे पनि, जो सुकैले भ्रष्टाचार गरे पनि, जो सुकैले अनिमित्ता गरे पनि, जो सुकैले विसंगति प्रदर्शन गरे पनि ति सबका विरुद्ध लड्ने आँट नेपाली जनतामा हुनु पर्दछ । त्यो अदम्य साहस बोकेर अगाडि बढ्नु पर्दछ भन्ने अर्को सन्देश हो ।
  • हैन हिंजो तपाइले गीत गाइरहँदाखेरी शिर्ष नेताहरुले हेरिरहँदा मातृका यादव आउनु भाथ्यो, उद्योग बाणीज्य आपूर्ति मन्त्री ?
– हजुर वहाँलाई त अलिक देखिन ।
  • वहाँ किन आउनु भएन त ? चिनी मूल्य बढेको छ ।
– हा हा हा आउनु पर्ने हो ।
  • तेलको मूल्य बढेको छ, अनिमित्ता बढेको छ । तपाइले जनवादी धेरै गीत गाउनु भयो । मोहन बैद्य र प्रचण्डलाई मिलेर जानुपर्छ भनेर धेरैपटक भन्नु भयो तर वहाँहरु मिलेर जान सक्नु भएन किन ?
– त्यो पनि एउटा समस्या छ । विभिन्न कोणहरुबाट नेताहरु अगाडि बढेरहेको अवस्था छ । सबैभन्दा खुशी लाग्यो विभिन्न धाराका नेताहरु आउनु भएको थियो । शिर्षस्त नेताहरु । मोहन बैद्य किरण, प्रचण्ड, झलनाथ खनाल आउनु भयो । सबै सबै त्यो तहको एउटा नेतृत्वलाई मैले एउटा खबरदारीको गीत सुनाउन पाउँदा म खुशी नै भएँ ।
  • यो देशमा भएको भ्रष्टाचारीहरुलाई कारवाही गर्नका निम्ती कस्तो गीत लेख्दै हुनुहुन्छ अब ?

–भ्रष्टाचारीहरुलाई कारवाही गर भनेर त भखरै मैले गीत सुनाई हालें । भ्रष्टाचारीहरु, अत्याचारीहरुलाई कार्यवाही गर्नको लागि सबभन्दा पहिला त, कारवाही गर्ने संस्था र व्यक्तिहरु छन्, तिनीहरु भ्रष्टाचार मुक्त र अत्याचार मुक्त हुनु पर्यो, त्यसपछि मात्रै भ्रष्टाचारीलाई कारवाही हुन्छ । एउटा भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई कारवाही गर्न सक्दैन । त्यसैले हामीले निरन्तर लगातार तपाई जस्तै पत्रकारहरु अनि कलाकारहरु सबै न्यायप्रेमी नेपाली जनताहरुले निरन्तर खबरदारी गरिरहनु पर्दछ । सड्कबाट, मञ्चहरुबाट अनि सञ्चार माध्यमहरुबाट लगातार जनताको विरुद्ध, जनताको विपक्षमा जनचाहना विपरित जनताका समस्याहरु थोपर्ने गरे कुनै पनि किसिमको कानून, नियम, नीति नबनाउ भनेर हामीले सबैले खबरदारी गर्नु अहिलेको दायीत्व हो ।

  • जीवन शर्मा जी अर्को गीत गाउनुस्, जुन गीतले नेपाली जनतालाई एकदम खुशी र सन्तुष्ट राख्न सकोस् ।
यो अफ्ठारो परिस्थितिमा सबै नेपाली जनताका लागि अर्को एउटा म आफैलाई पनि मन पर्ने, सबै बौद्धिक जगतलाई मन पर्ने गीत जो हिंजो पनि प्रस्तुत गरेका थिएँ । समय त प्रतिकुल छ तर पनि सम्झौता गर्ने होइन्, संघर्ष गरेर जुधेरै अगाडि बढ्नु पर्दछ भन्ने भावनाको गीत छ ।
समयसँग संझौता होइन, संघर्ष गर संघर्ष
आउँछन हजार चुनौती स्वीकार गर संहर्ष
  • जीवन जी, हाम्रो देशमा नेताहरु सुकिला मुकिलाहरुको पक्षमा मात्रै काम गरे । नेताहरु एकदम सुखका साथ आफ्नो जीवनसैलीलाई अगाडि बढाएका छन् । जनताका पिडा जहाँको तँही छ, तपाइलाई थाहा छ, झूपडीमा तपाई पुग्नु भाछ, त्यहाँका जनताले दशैं मान्न पाउने होकी नपाउने हो । समस्या छ, महंगी बढेको छ, यस पटको दशैंमा गरिब र दुःखीको अवस्था झन् कस्तो हुने हो, हामीले हेर्न बाँकी छ । राज्यको ध्यान त्यतातिर गएको छैन । मन्त्रीहरु आफूलाई सम्पत्ती आर्जन गर्न एकदम होडबाजी गरिरहेका छन्, तपाइले हेर्नुभाछ, नेताहरुलाई त सम्पत्ती चाहिएको छ, होइन ? आराम जीवनसैली विताउनु परेको छ । यस्तो अवस्थामा जाँदाजाँदै अब केगर्नु पर्छ ? बताई दिनुस् जनतालाई ।
– अब नेपाली जनताहरु संधैभरि समस्याको समाधान छ सचेत र खबरदारी । हामीले एउटै मात्रै ध्यान राखौं देशलाई कसरी एकतावद्ध बनाएर माथि उठाउने ? त्यस विषयमा हामी सबै, अहिले त नेपाली जनता धेरै सचेत भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here