राष्ट्रिय जनमोर्चाका सम्पूर्ण जनबर्गिय मोर्चाहरुले संयुक्त रुपमा प्रकट गरे क. टेक बहादुर घर्तीप्रति श्रद्धान्जली

0
471

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सम्पूर्ण जनवर्गीय मोर्चाहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गरि टेकबहादुर घर्तीप्रति श्रद्धान्जली प्रकट गरेको छन् ।

राष्ट्रिय जनमोर्चाको तर्फबाट बागलुङ क्षेत्र नम्बर २ प्रदेश ‘ख’का प्रत्यक्ष निर्वाचित सभासद टेकबहादुर घर्तीको कलेजो रोगको कारण २०७५ मंसिर २७ गते भारतको अपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको छ । लामो समयदेखि विरामी हुनुभएका उहाँको पोखरा र काठमाडौंमा उपचार हुन नसकेपछि भारत लगिएको थियो । ४५ वर्षीय घर्तीको निधनले पार्टी संगठनलाई ठूलो क्षति पुगेको छ भने गण्डकी प्रदेशले एक निवार्चित जनप्रतिनिधि गुमाएको छ । सानै उमेरदेखि निरन्तर जनवर्गीय संगठन र पार्टीको राजनीतिमा सक्रिय उहाँको पार्टी र जनताप्रति उच्च समर्पण रहेको थियो । हामी टेकबहादुर घर्तीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।
नारायण सापकोटा
अध्यक्ष, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)
भैरव रेग्मी
अध्यक्ष, अखिल नेपाल किसान महासंघ
मीना पुन
अध्यक्ष, अखिल नेपाल महिला संघ
अनिलकिशोर घिमिरे
अध्यक्ष, अखिल नेपाल युवक संघ
जीवन शर्मा
अध्यक्ष, रक्तिम सांस्कृतिक अभियान
दिलबहादुर विक
अध्यक्ष, जातीय समता समाज
बऽे आलम
अध्यक्ष, तराई मधेस जनवादी मोर्चा
श्रीधर गौतम
अध्यक्ष, अखिल नेपाल बुद्धिजीवी संघ
सानोभाइ कार्की
अध्यक्ष, अखिल नेपाल शिक्षक संघ
ढुण्डीराज शर्मा
अध्यक्ष, अ. ने. रा. उद्योग व्यापार संघ
विमल पोखरेल
अध्यक्ष, अखिल (छैठौं)
निमबहादुर बुढा
अध्यक्ष, अखिल नेपाल जनजाति सम्मेलन
पदम रोका
अध्यक्ष, अखिल नेपाल कानुन व्यवसायी संघ
नारायण शर्मा
अध्यक्ष, प्रगतिशील पत्रकार संघ, नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here