राष्ट्रियता गुम्ने भो फर्कौ अवत

0
199
कमलराज विक, केरला
कमलराज विश्वकर्मा (तिरुवनन्तपुरम)
हरितालिका प्रगतीीशल गतिले–मनाउन आयका सबै जनतालाई–५
दिदी बैनी आउनु भाका दाजुभाई–स्वागत तथा अभिवाद हाम्रा सबैलाई–५
यो सालपनी सधै जसो गरेर–मनाउदै धुमधामसँग हाम्रो पर्वलाई–५
दिदी बैनी हे नेपाली दाजुभाई–गितबाट बताउ सबै हाम्रो मर्मलाई–५
––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
साठी बर्ष सम्मको लडाई–लडेर जनताले पाय संविधान
संविधान बनाउन भनेर – खुसि साथ जनताले दिए बलिदान
२०७२ सालको असौज ३ गते – घोषणा भो देशको हाम्रो संविधान
नेपाल र नेपाली जनताले–पायौंनी संविधान खुशी भयो मन
––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
गल्ती हाम्रो केनै पो थियो र – बनायौ हामीले देशको संविधान
भारतको स्वार्थ पुरा भएन – त्यसैले संविधान गयो उसको ध्यान
भारतको स्वार्थ पुर गर्नलाई – मधेशी मोर्चालाई काखी च्यापेको
आफ्नो देशको संविधान आफैले–बनाउन नपाउने रे कति हेपेको
––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
राष्ट्र भन्दा जात प्यारो ठान्ने ले – राष्ट्रियता खलबलाई वाले देशमा राँको
जातीयता र मेधशी दलको – भारतको दिल्लीमा रैछ यिनको साँचो
भारतको इशारामा चलेर – मधेशी मोर्चाले गरे आन्दोलन
आफ्नो देशको नयाँ त्यो संविधान – आगो लगाई जलाउने दुस्ट तिनको भन
––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
नेपाल माथी हस्तक्षेप गरेर – २ भारतले नेपाललाई धोका दिएको–५
नेपाल टुक्राई भारतमा गाम्नलाई – २ सड्यन्त्र गरेर संघियताको पोका दिएको –५
भुकम्पले ढालेको बेलामा – २ झन सास्ती दियोनी भारतले फेरी –५
नाकाबन्द्यी लगायो हामीलाई – २ दुःखको बेलामा मौका हेरी हेरी – ५
––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
नयाँ सरकार नयाँ बन्यो संविधान – मधेशि मोर्चाले अड्को थापेका
सिंगै मधेश जातिय राज्य भनेर–संविधान डडाली आगो तापेका
युरोपियन र भारतको इशारामा – चल्ने यी दुस्टहरु राष्ट्रियतालाई बेच्न
राष्ट्रियताको सौदावाजी गरेर– लागेका छन नेपालको नाम निशाना नै मेट्न ।
––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
गणतन्त्रको संस्थागत गर्नलाई – सरकारमा नेतृत्व एमालेको भयो –५
त्यसै बेला जनताको पार्टी यो – रा.ज.मो पनि त सरकारमा गयो–५
राष्ट्रियता र जनताको पक्षमा – गर्जियो रा.ज.मो. सरकारमा बसी–५
संघियताको खारेजी गर्नलाई – उठ्यो नी रा.ज.मो कम्मरै कसी –५
–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
संघियताले राष्ट्रियता गुम्ने छ – सचेत पार्दै गयो रा.ज.मोले देशमा–५
भारत र यूरोपियन देशको – षड्यन्त्र हो नी यो आउ सबै होसमा – ५
चाहे सरकार चाहे बाहिर बसेनी – संघियता चाहिदैन भन्छ हाम्रो देशमा – ५
देशलाई टुक्रा छिया छिया पारेर – संघियता लागु गर्न दिन्नौ हाम्रो देशमा – ५
––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
के.पी.ओलीको भारत भ्रमण सफल भो – भारतको सामुमा झुक्न मानेनन– ५
भारत सामु शिर नझुकाए पनि त – जनताका माग पुरा गर्न जानेनन – ५
प्रचण्डले न्यू खोजे सित्तैमा – गल्र्याम्मै ढली गो के.पी. ओली सरकार –५
आयो काँग्रेस माओवादीको सरकार – राष्ट्रियता खतम गर्न भाछन तरखर –५
––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
फेरी उठौ हे नेपाली जनता – राष्ट्रियता गुम्ने भो फर्कौ अवत–५
राष्ट्रियता बचाउन खाँचो छ – आफ्नो देश भित्र गई पोखौ रगत
राष्ट्रियता बचाउन उठौं जगत
आफ्नो देश बचाउन पोखौ रगत – १०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here