राजमोको कोणसभा सम्पन्न

0
150

सुनसरी । “सङ्घीयता को खारेज गरौ, करवृद्धि महङ्गी र भ्रष्टाचार विरुद्धको राष्ट्रिय प्रचारात्मक अभियान सफल पारौ“ भन्ने मूल नारा का साथ २०७५ भदौ ०९ गते धरान को भानुचौकमा राष्ट्रिय जनमोर्चाले सभा सम्पन्न गरेको छ ।

विशाल पहाडीको सञ्चालनमा सम्पन्न सङ्घीयता विरोधी सभा सम्पन्न भएको छ । सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सुरेन्द्र भण्डारी र अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष बिमल पोखरेल वक्ता रहनु भएको थियो ।

सभामा सम्बोधन गर्दै दुवै नेताहरुले सङ्घीयताले देशमा अहिलेदेखि नै दुष्परिणाम देखाउन थालिसकेको बताउनु भयो । करवृद्धि, महङ्गी र भ्रष्टाचारले नेपाल समाज अहिले चापमा रहेको उल्लेख गर्दै उहाँहरुले सङ्घीयताको खारेजका लागि पुन: जनता अगाडि आउनु पर्ने आवश्यकतामा जोड दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here