युवाहरु पुन: “जागौं युवा लागौं युवा” अभियानमा लाग्ने

0
194

काठमाडौं । अखिल नेपाल युवक संघ, केन्द्रीय समितिको हालै बसेको बैठकले “जागौं युवा लागौं युवा” अभियानमा लाग्ने निर्णय गरेको छ । केन्द्रीय समितिको तेश्रो बैठक पश्चात अध्यक्ष अनिलकिशोर घिमिरे एक वक्तव्य जारी गरि सो जानकारी दिनुभएको छ ।

घिमिरेको अनुसार २०७५ मंसिर २६ गते काठमाडौंमा संघको तेश्रो बैठक सम्पन्न भएको छ । बैठकमा कैयौं महत्वपूर्ण निर्णयहरु भएको वक्तव्यमा उल्लेख छ ।

प्रेस वक्तव्य

“अखिल नेपाल युवक संघ, केन्द्रीय समितिको तेश्रो बैठक अध्यक्ष अनिलकिशोर घिमिरेको अध्यक्षतामा मिति २०७५ मंसिर २६ गते काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा भएका निर्णयहरु सार्वजनिक गर्नका लागि यो बक्तव्य जारी गरिएको छ ।

१. २०७५ पौष र माघ महिनामा विशेष संगठनात्मक अभियान सञ्चालन गरिने छ । देशभर सञ्चालन गरिने अभियान पौष महिनामा हुने र माघ महिनामा बागलुङ, प्यूठान, अर्घाखााची र दाङमा सञ्चालन गरिने छ ।

२. संगठनले सञ्चालन गरिरहेको “जागौं युवा लागौं युवा” अभियानलाई निरन्तरता दिदैं संघीयता असफल हुँदै गएको अवस्थामा प्रदेश सभा र प्रदेश सरकारको आवश्यकता नभएकोले प्रदेश खारेजीमा जोड दिने, स्थानीय तहको अधिकार र विकास बजेट बृद्धि हुनु पर्ने, स्थानीय तहको अराजकता र भ्रष्टाचारको विरोध गर्ने, युवा मैत्री कार्यक्रम लागु गर्न दवाव दिने, स्थानीय तहको गतिविधीको रिपोर्ट लिने कार्यक्रमलाई यो अभियानमा थप गरिएको छ । अभियानमा पोष्टर, पर्चा, तुलव्यानर र स्टीकर प्रकासन गरी आम जनसमुदायलाई गोलवन्द गर्ने निर्णय भएको छ ।

३. अखिल नेपाल युवक संघको ३८ औं स्थापना दिवशका अवसरमा माघ २६ गते काठमाडौंमा राष्ट्रिय स्तरको गोष्ठी गर्ने निर्णय भएको छ । देशको समसामयिक विषय र युवाको अवस्थाका बारेमा यो गोष्ठी केन्ऽित रहने छ । स्थापना दिवशको अवसरमा जिल्ला स्तरमा पनि विविध रचनात्मक कार्यक्रम गरी माघ २५ देखि २७ गतेसम्म स्थापना दिवश मनाईने छ ।

४. बैठकले यही मंसिर १४–१७ सम्म काठमाडौंमा युनिभर्सल पिस फेडरेसनद्वारा आयोजित “एसिया प्यासिफिक समिट” मा नेपाल सरकारको प्रत्यक्ष सहभागितालाई गम्भीर रुपमा लिदैं त्यसको तीव्र विरोध र भत्र्सना गरेको छ । यो गतिविधीले राष्ट्रियता र जनहितलाई आघात पुर्‍याएको छ । सरकारले राज्यकोषको दुरुपयोग गरी त्यो कार्यक्रममा सहभागिता जनाएको छ । त्यो संस्था अन्तर्राष्ट्रिय जगतमा धेरै नै विवादग्रस्त र बदनाम इसाई धर्मको प्रचार गर्ने संस्था हो । तर त्यो संस्थाले इसाई धर्मको प्रचारद्वारा साम्राज्यवादको सेवा गर्ने काम गरि रहेको छ । पश्चिमा क्रिश्चियनहरुले धर्मको आवरणमा आफ्नो राजनीतिक प्रभाव विस्तार गर्ने रणनीति अन्तर्गत यस्तो अभियान चलाइ रहेका छन् । नेपाल जस्तो संविधानमा नै धर्म निरपेक्ष सिद्धान्तलाई अपनाएको देशको सरकार त्यस प्रकारको विवादग्रस्त र बदनाम धार्मिक संस्थाको कार्यक्रममा सहभागी वा सहआयोजक समेत हुनु अत्यन्त आपत्तिजनक कार्य हो । त्यसले देश भित्र र अन्तर्राष्ट्रिय जगतमा नै नेपाललाई धेरै बदनाम बनाएको छ । यस प्रकारको सरकारको गलत कार्यप्रति सरकारलाई खवरदारी गर्नका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।

५. अहिले दुई तिहाईको सरकार भए पनि जनअपेक्षा अनुसार काम हुन सकेको छैन । देशमा अपराधिक घटनाहरु र भ्रष्टाचारजन्य कार्यहरु झन बढ्दै गएका छन् । वैदेशिक हस्तक्षेप झन बढेको छ । यस अवस्थामा सामाजिक न्याय, राष्ट्रियताको रक्षा र शुसाशनका लागि युवाहरुलाई जागरुक बनाउँदै सरकारको गलत कार्यको भण्डाफोर गर्ने निर्णय भएको छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here