युवक संघको तेश्रो जिल्ला सम्मेलन ‘हार्दिक’मा

0
213

काठमाडौं । अखिल नेपाल युवक संघको तेस्रो काठमाडौं जिल्ला सम्मेलन राजधानीस्थित बागबजारमा गरिने भएको छ । काठमाडौंको केन्ऽ मानिने बागबजार स्थिति हार्दिक होटलको सभाहलमा युवक संघका महासचिव अनिलकिशोर घिमिरेद्वारा सम्मेलनको उद्घाटन गरिने बताइएको छ ।

त्यस्तै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले सम्मेलनलाई बिशिस्ट अतिथिको आसनबाट सम्बोधन गर्नु हुने छ । सम्मेलनमा राष्ट्रिय जनमोर्चाका अन्य प्रभाव शाली नेताहरुले समेत सम्बोधन गर्ने बताईएको छ ।

अखिल नेपाल युवक संघको राष्ट्रिय सम्मेलनको मिति नजिकिंदै गर्दा युवक संघ काठमाडौंले जिल्ला व्यापी रुपमा संगठन निर्माणमा लागेको छ । २०७४ चैत्र १७ गते हुन गैइरहेको जिल्ला सम्मेलनमा काठमाडौं जिल्ला एवं नगरका युवाहरूलाई विभिन्न जिम्मा बाँडफाँड गरेर सम्मेलन तयारी उत्साहजनकरुपमा अगाडि बढिरहेको छ । जिल्ला सम्मेलनको तयारीको शिलशिलामा सदस्यता वितरण, इकाइ–नगर भेलाहरु सम्पन्न भैरहेको युवक संघका काठमाडौं जिल्ला इन्चार्ज संजाल शर्माले हामीलाई जानकारी दिनु भएको छ ।

संघको राष्ट्रिय सम्मेलन, २०७५ बैशाख २८ देखि ३० गतेसम्म पोखरामा सम्पन्न हुने छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले समुद्घाटन गर्ने युवक संघले घोषणा गरि सकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here