आजका प्रमुख समाचार

0
213

आज सोमबार, २६ मार्च ।

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेसँगको एकतापछि बन्ने दलमा दुवै पक्षबाट ५०-५० प्रतिशतको सहभागिता हुने धारणा व्यक्त गरेको अखिल क्रान्तिकारीका एकजना नेताले जनाएका छन्।

  • नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ओली सरकार राज्यसत्ता कब्जा गर्न अग्रसर रहेको बताएका छन् । तर, अहिलेको कांग्रेस अधिनायकवादविरुद्ध लड्न नसक्ने उनले बताए ।

  • प्रतिनिधिसभाको बैठकमा इयुको निर्वाचन पर्यवेक्षण संस्थाको प्रतिवेदनको विरोध भएको छ । राजपाद्वारा समर्थन, फोरमद्वारा विरोध ।

  • जनकपुरकी ५६ वर्षीया मिथिला देवी यादवले झण्डै ३० वर्षअघि ‘मिथिला हस्तकला पेन्टिङ उद्योग’ स्थापना गरेर मिथिला चित्रकलाको विस्तार र व्यवसायीकरणमा योगदान पुर्‍याएकी छन्।

  • सेयर बजार घट्ने क्रम अझै रोकिएको छैन । सोमबार बजार खुलेको १ घण्टा हुन नपाउँदै ३ प्रतिशतले घटेपछि सर्किट ब्रेकर लगाइयो । आइतबार अर्थमन्त्रीले विराटनगरमा बजारमा बुझेर मात्र लगानी गर्न भनेपछि लगानीकर्ताको आक्रोशको पारो अझै बढेको छ । सोमबार बजार ५१.८९ अंकले घटेर ११६८.५५ बिन्दुमा आइपुगेको छ । समग्रमा बजार ४.३१ प्रतिशतले घटेको छ ।

  • संयुक्त राज्य अमेरिका र उसका यूरोपेली साझेदारहरुले ब्रिटेनमा एकजना भूतपूर्व रुसी गुप्तचरमाथि स्नायु प्रणालीमा असर गर्ने विषालु रासयानिक हमलाको संयोजित प्रतिक्रियास्वरुप दर्जनौँ रुसी कूटनीतिज्ञहरुलाई देशनिकालाको आदेश दिएका छन् ।

  • रुसको साइबेरियाको केमेरोभो नगरको एक शपिङ सेन्टरमा आगलागीका कारण ६० जनाभन्दा बढीको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here