याद आउँछ बिदेशमा

0
458

नविन बस्याल, हाल जापान

गाउँ घरको यादमा मन बल्छ बिदेशमा
काम यहाँ दिमाग उतै चल्छ बिदेशमा

बाध्यछ जीबन अर्काको भूमिमा काम गर्न
थाकिएर बेहोसीमा शरीर ढल्छ बिदेशमा

नगरी काम पाइदैन दाम न गास बास
पशिनाले सबै ज्यान गल्छ बिदेशमा

संझना आउँछ परिवार साथी भाईको
पिरलोले अन्तर हृदय जल्छ बिदेशमा

झसंग हुन्छु ख्याल आउँछ सपनाहरुका
आशामा मन पूर्ण सम्भल्छ बिदेशमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here