म नारी

0
417

भगवती शर्मा, हाल गुजरात

म नारी हु भन्दैमा मलाइ बसमा सिट छोड्नु पर्दैन !मेरो शरीर लाई सन्चो छ भने म उभ्भिएर पनि यात्र गर्न सक्छु।सामान्य कुरामा नारी भएको भनेर Cr दिनु पर्दैन, म त्यति सुन्न रुचाउछु जतिको मैले मेहेनत गरेकी छु | नारी भएको भनेर तिमीलाई मौका दिन्छु भन्नू पर्दैन, मलाइ त्यति नै चाहिन्छ जतीको लागी म योग्य छु| तर जब जब म काम बाट राती फर्किन्छु नि अनि बिचमा मेरो गाडी खराब हुन्छ त्यो बेला मैले कुनै मोटरसाइकलको आवाज सुन्दा मेरो मुटु नकामोस |उल्टै मलाइ एउटा सहारा को महसुस होस !

जब जब म जागीर को interview को लागि जान्छु नि, मेरो क्षमता हेरेर मलाइ जागिर मिलोस न कि मैले कुनै सम्झौता गर्नु परोस|म जब हरेक साझ कुनै डरलाग्दो बाटोमा आउछु, त्यो बेला कोहि पुरुष त्यही छ भन्ने आभासले मलाइ सान्त्वना दियोस न कि मलाइ डराएर आत्तीएर कुद्न बाध्य बनाओस|म जब आफ्नो पुरुष आफन्तसङ्ग हिड्छु त मलाइ पुर्ण रुप मा सुरक्षित महसुस होस न कि हर पल उसले आफ्नो व्यबहार परिवर्तन गर्छ भन्ने कुराले मुटु कामोस, श्रीमति हो भन्ने आड मा मेरो इच्छा बिपरित जबर्जस्ति नहोस, मलाइ कोक्रोबाट उठाएर कुनै झाडीमा रक्ताम्य बनाएर नछोडीदियोस|

झूटा माया को नाटक गरि बिहे गरेर घाटी दबायर मारीआफ्नै घर कोआटीमा नझुनडाईयोस र मेरो सरिर संघ खेली म तिम्रो बच्चा को आमा बन्दै छु भन्दा मलाइ मेरै सल ले घाटी दबायर नदी मा नफालीओस मैले लगाएको पहिरनलाई मैले बलात्कृत हुन निम्तो गरेको भन्ने अर्थ नलागोस|मलाइ बाटोमा हिड्दा अनावश्यक रुपमा सुसेलेर होस वा नजानिदो पाराले मेरो शरीरको नाप वर्ण गरेर मलाइ मानसिक तनाब नहोस|

मैले तिम्रो प्रेम प्रस्ताब सुइकारिन भन्दैमा मेरो मुहार मा एसिड नछर्कियोस|मैले माया गरेर तिमीलाई गरेको बिस्वास दिल्ली बम्बइको कुनै कोठा मा बन्द नहोस ! विहेको लागी निर्णय लिन स्वतन्त्र होस न कि कुनै emotional अत्याचार नगरियोस् !नारी जति नै मै हु भने पनि अथवा जति नै निर्दोष भएपनि पुरुषको तुलनामा हरेक कुरामा दोषी र कमजोर देखाइन्छन !सवै महिलापुरुष एकअर्काको सहयोगविना सवै अधुरो छौ ! त्यसैले कोही पनि कमजोर पक्ष कसैको छ भने सुधारिदिने कोसिस गरौ न कि कमजोरीको मजाक उडाइयोस् ! यो पोस्ट पढेर केही बुझ्नु होला |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here