मुक्ती कसरी

0
523
  • रेशम रोका मगर

त सानो म ठुलो पक्षपातको कुरा गर्छौ
धनी गरिब भन्दै औकातको कुरा गर्छौ

हटेको छैन गाउसमाजमा कुरिती बिसङ्गती
भगवानको मन्दीर गै बिस्मातको कुरा गर्छौ

काटे रगत रातै जातको किन कुरा गर्छौ
नग्न यौनइज्जत अनि मिठो रातको कुरा गर्छौ

मैले बनाएको महलमा देख्छु तिमिलाई
मेरो पसिनाको गन्ध मन नपराको कुरा गर्छौ ?

बर्गिय मुक्तिका कुरा फलाक्नेहरु आज
तल्लो जातले छोएको पानी नचल्ने कुरा गर्छौ

मान्छे मान्छे एउटै हो नसोच्ने ती मनहरुले
लुगा सिउने फलाम कुटने हातको कुरा गर्छौ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here