बिद्रोहको ज्वालमुखी

0
229

कविता

  • मधु क्षेत्री

( १ )
धर्मनामको अफीममा रमाउने कातरहरु
मूर्ति ढाल्दै छन रे यहाँ
बिचार लाई मार्न न सक्ने हुतियाराहरु
मानिष मार्दैछन् रे यहाँ
मानिष मानिष बीच लडायर
साम्राज्य फैलाउने सपना देख्दै छन
हे मूर्ख तिमिहरुलाई के थाहा ?
त्यही साम्राज्य भित्र दुनिया बदल्ने लुकेका छन


( २ )
मूर्ति ढाल्न सकौला मान्छे मार्न सकौला यहाँ
जेल नेल अनि हत्कडी लगाउन सकौला येहाँ
बिजयको उन्मादमा रमाउने हरु हो
आस्था र बिचार लाई के ढाल्न सक्थ्यौ यहाँ


( ३ )
संसार का श्रमजीबी मिहीनेतकश वर्ग
अटाउने जेल छैन यहाँ
मट्ठीभर प्रर्तिगमनकारिहरु
तिमिहरुको चिहान अटाउने ठाउँ पक्कै छ यहाँ


( ४ )
जहाँ अन्याय अत्याचार हुन्छ बिरोध हुन्छ त्यहाँ
जहाँ बिरोध हुन्छ दमन हुन्छ त्यहाँ
अनी त्यही दमनको गर्भबाट
बिद्रोहका ज्वालमुखी फूट्ने छन यहाँ


( ५ )
जुन ज्वालामुखिले विश्व साम्राज्यबादलाई जलाउने छन यहाँ
जुन ज्वालामुखिले धर्म युद्धको अन्त्य गर्ने छ यहाँ
जुन ज्वालामुखिले सर्वहाराको राज्य कायम गर्ने छ यहाँ
जुन ज्वालामुखिले सुनौलो संसार निर्माण गर्ने छ यहाँ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here