बंगलादेश–भारत–नेपाल त्रीदेशिय बस सन्चालन हुने

0
538

मेचीनगर । बंगलादेश–भारत–नेपाल सीधा बस सेवाको सन्चालन हुने भएको छ । यस्का लागी पहिलो चरणमा बसको परीक्षण गरिने छ । बिबिआइएन मोटर भेइकल सम्झौता अनुरुप यहि वैशाख १० गतेदेखि १३ गतेसम्म बंगलादेश, भारत र नेपालबिच सीधा यात्रु बस आवागमनको परीक्षण सञ्चालन हुने भएको हो।

उक्त परीक्षण सञ्चालनका लागि नेपालका अधिकारीहरु वैशाख ९ गते हवाई मार्ग हुँदै बंगलादेशको ढाका जाने र वैशाख १० गते ढाकाबाट भारत हुँदै नेपाल प्रवेश गर्ने मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख टेकबहादुर अर्यालले जानकारी दिए।

परीक्षण सञ्चालनको रुट ढाका बंगलाबन्द, फुलबारी पानीटेंकी, काँकरभिट्टा काठमाडौं हुने अर्यालले बताए। बंगलादेश, भुटान, भारत र नेपालबिच सीधा यात्रु बस आवागमनका लागि सन् २०१५ को जुन १५ तारिक सम्झौता भएको थियो। भुटानबाहेक सबै देशका संसदले उक्त सम्झौता अनुमोदन गरिसकेका छन्। भुटानले भने त्यस विषयमा चासो देखाएको छैन। उक्त परीक्षण सञ्चालनमा दुईवटा यात्रु बस हुने बताइएको छ।

न्यूज २४बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here