संघीय प्रणाली खर्च जनताले धान्न सक्दैनः केसी

0
671

मन्त्री–सांसद एनजीओ, आइएनजीयो ठेक्कापट्टामा लागे

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिलाई मागिखाने भाँडो बनाइएको बताएका छन् । सत्तामा बसिरहन मनपराउने कांग्रेस, एमाले र माओवादीहरुले राजनीतिलाई कमाइखाने उद्योग बनाएको दावी गरेका हुन् । शुक्रबारदेखि बुटवलमा सुरु भएको अखिल नेपाल शिक्षक संघको तेश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै राजनीति गर्ने मान्छेहरु जोगी हुनपनि तयार हुनुपर्ने बताए । उनले राजनीति गर्ने मान्छेले निष्ठाको राजनीति नगरेसम्म देश सुध्रन नसक्ने उल्लेख गर्दै व्यक्तिहरु मोटाउँदै जाने र देश टाट पल्टिने बताए । कांगे्रस, एमाले, माओवादीले सत्ता र शक्तिको राजनीति गरेकाले देशमा भ्रष्टाचार र अराजकता मौलाउँदै गएको बताए ।

राजनीति गर्ने मान्छेहरु नसुध्रियसम्म देशमा भ्रष्टाचार, कालोवजारी, अराजकताको अन्त्य हुन नसक्ने र सुशासन पनि कायम हुन नसक्ने बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष केसीले नेपाली जनताले संघीय प्रणालीको खर्च पुर्याउन नसक्ने बताए । संघीय प्रणालीको आफूहरु बिरोधी नभएको उल्लेख गर्दै अध्यक्ष केसीले देशको आर्थिक र भौगोलिक अवस्थाले धान्न नसक्ने भएकाले त्यसको बिरोध गरिएको बताए । पहिला संघीयता चाहानेहरु अहिले पछि हट्न थालेको बताए । तराईलाई पहाडबाट अलग गराइ नेपालमा अस्थिर कायम गर्नका लागि भारतले नेपालमा संघीयता ल्याउन खोजेको र जातीयता र क्षेत्रीयता भित्राएर नेपाललाई रुवाण्ड बनाउने गरी पश्चिमाहरुले नेपालमा संघीयता ल्याउन चाहेको बताए । शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारण्टी राज्यले गर्नुपर्ने बताउँदै राज्यले जनताप्रतिको आफ्नो दायित्व पूरा गर्न नसकेको बताए । उनले मन्त्री, सांसद र कर्मचारीहरुनै सहकारी, बैंक, शिक्षण संस्था, एनजीओ,आइएनजीओको ठेक्का पट्टामा लागेकाले सबै क्षेत्र डुब्दै गएको बताए ।

एनजीओ, आइएनजीओले नेपालमा समान्तर सरकार चलाएको बताउँदै उनले भने एनजीओ र आइएनजीहरु जातीय र क्षेत्रीय भारी बोकर आएका छन् । उनले शिक्षा, स्वास्थ्यलाई नीजिकरण गरेर समाजवादको सपना देख्ने एमाले, माओवादी र कांगे्रसबाट ठूलो आशा गर्न नहुने बताए । सोही कार्यक्रममा बोल्ने अखिल नेपाल शिक्षक संघका नेताहरुले पेशागत सुरक्षाको माग गरेका छन् ।

अनलाइन खबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here